Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी

विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी


नयाँ दिल्ली ।
भारतीय कम्पनीहरुले एकै महिनामा विदेशमा झण्डै दुई अर्ब अमेरिकी डलर लगानी गरेका छन् । भारतीय मिडियाका अनुसार कम्पनीहरुले मार्च महिनामा एक अर्ब ९३ करोड अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी गरेका हुन् । यो पछिल्लो वर्षको सोही महिनाभन्दा आधा मात्रै हो ।

भारतीय रिजर्व बैंकको तथ्यांकअनुसार सन् २०२० मा दोस्रो देशमा तीन अर्ब ८६ करोड डलर लगानी गरेका थिए । यो वर्ष फेब्रुअरीमा पनि बाहिर गरिएको लगानी एक अर्ब ९५ करोड डलर थियो । भारतीय लगानीकर्ताले विदेशमा रहेका आफ्ना व्यावसायिक इकाइहरुमा यो वर्ष मार्चमा भएको कुल लगानीमध्ये एक अर्ब १५ करोड डलरको ग्यारेन्टी गरेको रकम छ । बाँकी ४१ करोड ३२ लाख डलर ऋणका रुपमा र ३६ करोड ३५ लाख डलर इक्विटी अर्थात् स्वपुँजीका रुपमा रहेको बताइएको छ । धेरै लगानी गर्नेमा भने भारतीय दूरसञ्चार कम्पनी भारती एयरटेल लिमिटेड, औषधि कम्पनी ल्युपिन लिमिटेड र एसआरएफ लिमिटेड छन् ।

भारती एयरटेलले मौरिससमा रहेको आफ्नो कम्पनीको इकाइमा ७५ करोड डलर लगानी गरेको छ भने ल्युपिनले अमेरिकामा रहेको व्यवसायमा २५ करोड डलर लगानी गरेको छ । त्यस्तै एसआरएफ लिमिटेडले नेदरल्यान्डस्थिगत पूर्ण सहायक इकाइमा आठ करोड ३८ लाख डलर लगानी गरेको छ । यसबाहेक महिन्द्रा एण्ड महिन्द्राले मौरिससमा रहेको सब्सिडरी इकाइमा आठ करोड ४५ लाख डलर लगानी गरेको छ । यस्तै इन्डियन होटल्स कम्पनी लिमिटेडले नेदरल्यान्डमा आफ्ना सब्सिडरी इकाइमा पाँच करोड ९५ लाख डलर लगानी गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया