Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमनमोहन सिंहलाई कोरोना

मनमोहन सिंहलाई कोरोना


नयाँ दिल्ली ।
भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह कोरोनाभाइरसबाट संक्रमित भएका छन् । प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता समेत रहेका सिंहलाई ‘अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्सेस’ (एआईआईएमएस) मा भर्ना गरिएको छ ।

उनलाई शंका लागेर कोरोना परीक्षण गरिएकोमा सोमबार संक्रमण भएको पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् । ‘पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ, त्यसैले उनलाई थप उपचारका लागि ‘एम्सको ट्रमा सेन्टर’मा भर्ना गरिएको छ’, एम्सद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उनको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकको सूचीमा भारत दोस्रो अग्रपंक्तिमा रहेको छ । भारतमा अहिले दैनिक झण्डै पौने तीन मानिस संक्रमित हुने गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया