Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटेस्कोलाई ७५ लाख पाउन्ड जरिवाना

टेस्कोलाई ७५ लाख पाउन्ड जरिवाना


लन्डन ।
सुपरमार्केट कम्पनी टेस्कोलाई ७५ लाख ६० हजार पाउन्ड स्टर्लिङ जरिवाना गरिएको छ । मिति नाघेका खाना बर्मिङघमस्थित तीनवटा स्टोरमा भेटिएपछि कम्पनीलाई जरिवाना तिराइएको हो । सिटी सेन्टर र बाउर्नभिल्लेमा रहेका दुईवटा टेस्को एक्सप्रेस स्टोरमा त्यस्ता खाद्यवस्तु भेटिएको थियो । अर्कोचाहिँ ब्रिस्टोल रोड साउथमा रहेको टेस्को मेट्रोमा भेटिएको थियो ।

टेस्को स्टोर लिमिटेडले सन् २०१६ र सन् २०१७ मा खाद्य सुरक्षा र पोषण नियन्त्रणको २२ नियम उल्लंघन स्वीकार गरेपछि जरिवाना तिराइएको बताइएको छ । टेस्कोले तत्कालै समस्या समाधानमा तत्परता देखाएको पनि दाबी गरेको छ । सोमबार कम्पनीलाई जरिवानासहित सिटी काउन्सिलले ९५ हजार पाँच सय पाउन्ड थप रकम मुद्दा लागतस्वरुप तिराएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया