Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभर्चुअल मुद्रा ल्याउने बेलायती केन्द्रीय बैंकको तयारी

भर्चुअल मुद्रा ल्याउने बेलायती केन्द्रीय बैंकको तयारी


लन्डन ।
बेलायतको केन्द्रीय बैंकले भर्चुअल अर्थात् डिजिटल मुद्रा निष्काशनको तयारी गरेका छन् । यसका लागि बैंक अफ इंग्ल्यान्ड र ट्रेजरीले टास्कफोर्स गठन गरेर सम्भाव्य अध्ययन सुरु गरेको घोषणा गरेका छन् ।

यसको उद्देश्य नयाँखाले मुद्राको जोखिम र अवसरबारे अध्ययन गर्नु रहेको बताइएको छ । बीबीसीका अनुसार बैंकले जारी गर्ने र घर तथा व्यवसायले प्रयोग गर्ने यो मुद्रा क्यास र बैंक डिपोजिटसँगै हुनेछन् अर्थात् मौजुदा नोट प्रणालीलाई यसले विस्थापन गर्नेछैन । बेलायतमा यस्तो मुद्रा लागू गर्ने निर्णय नै भने भइसकेको छैन । तर सरकार र केन्द्रीय बैंक स्टेकहोल्डरसँग जोडिन चाहिरहेका छन् ।

मुद्रा ल्याउँदा हुने फाइदा र व्यावहारिकताबारे उनीहरु छलफलमा रहेको बताइएको छ । टास्कफोर्समा बैंकका डेपुटी गभर्नर सर जन कनलिफ र ट्रेजरीका वित्तीय सेवातर्फकी महानिर्देशक क्याथरिन ब्राडिकले नेतृत्व गर्ने बीबीसीले जनाएको छ ।

बैंकले यसअघि सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) मा चासो दिएको थियो । किनभने पैसा र भुक्तानीमा महत्वपूर्ण परिवर्तनको समय भएको उसले बताउँदै आएको छ । बितेका वर्षमा नोट कारोबारमा ह्वात्तै कमी आएको छ भने डेबिट कार्डबाट भुक्तानी ह्वात्तै बढेको छ । यसबाहेक क्रेडिट कार्ड र डाइरेक्ट डेबिटको प्रयोग पनि बढिरहेको छ ।

बैंकले आफ्नै बिटक्वाइनजस्ता भर्चुअल मुद्रा ल्याउँदा निजीस्तरको पैसा निर्माण गर्ने नयाँ शैलीको जोखिम टर्ने आशा गरेको छ । यदि सीबीडीसी लागू भए त्यसको मूल्यांकन पनि पाउन स्टर्लिङ नोटसरह हुनेछ । सीबीडीसी १० पाउन्ड छ भने त्यसको मूल्य पनि १० पाउन्ड नोटबराबर नै हुने बैंकले स्पष्ट पारेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया