Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियबंगलादेशमा १० हजार वाइफाइ हटस्पट निर्माण गर्ने योजनाबाट पछि हटे फेसबुक र रोबी

बंगलादेशमा १० हजार वाइफाइ हटस्पट निर्माण गर्ने योजनाबाट पछि हटे फेसबुक र रोबी


ढाका, पुस २८
सामाजिक सञ्जाल कम्पनी फेसबुक र रोबी अजियटा शैक्षिक संस्थाका लागि १० हजार वाइफाइ हटस्पट निर्माण गर्ने योजनाबाट पछि हटेका छन् । द डेली स्टार अनलाइनका अनुसार रिमोट क्षेत्रमा स्थानीय इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग मिलेर उक्त हटस्पट सञ्चालन गर्ने योजना बीचैमा तुहिएको हो । बंगलादेशी टेलिकम नियामकबाट अनुमति रोकिएपछि कम्पनीहरुको योजना असफल भएको बताइएको छ । हाल फेसबुकले एसियाका अविकसित क्षेत्रमा एक्सप्रेस वाइफाइ परियोजना सञ्चालन गरिरहेको छ ।

दक्षिण पूर्वी एसिया, अफ्रिका र दक्षिण अमेरिकामा सञ्चालित यी परियोजनाले द्रुतगतिको, सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदान गरिरहेको छ । फेसबुकले दूरसञ्चार मन्त्री मुस्ताफा जाबरसँग सिधै सन् २०१८ को अन्त्यतिर मौखिक प्रस्ताव गरेको थियो । मन्त्री मुस्ताफाले उक्त प्रस्ताव स्वीकारेको छ । साथै रोबीले बंगलादेशी दूरसञ्चार प्राधिकरण आयोग र मन्त्तालयसँग सन् २०१९ को मध्यतिर लिखित रुपमै उक्त प्रस्ताव गरेको थियो । यसका लागि कनेक्टिभिटी पार्टनरमा लिंक ३ टेक्नोलजिजलाई चयन गरिएको थियो । लिंक ३ टेक्नोलजिजका प्रमुख प्राविधिक अधिकृत रशिद अमिनका अनुसार फेसबुक र रोबीले धेरै प्रयास गरे पनि नियामक निकायले अनुमति दिएन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया