Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा

अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा


अमेरिका ।
छोटा भिडियो सेवा प्रदायक टिकटकविरुद्ध बालबालिकाको डेटा संकलन र प्रयोग गरेको भन्दै बेलायतमा अर्बौँको मागदाबी मुद्दा परेको छ ।बेलायती र युरोपेली दशौँ लाख बालबालिकाको तर्फबाट परेको दाबी गरिएको छ । यदि यो मुद्दाले सफलता पाए टिकटकपीडित प्रत्येक बालबालिकाले हजारौँ डलर पाउनेछन् । टिकटकले भने यसलाई बेकारको संज्ञा दिएको छ ।

मुद्दाको कानुनी प्रतिरोध गर्ने कम्पनीले प्रतिक्रिया दिएको छ ।टिकटकले कुनै चेतावनी, पारदर्शिता वा आवश्यक कानुनी मापदण्डविनै बालबालिकाको व्यक्तिगत सूचनाहरु फोन नम्बर, भिडियो, लोकेसन र बायोमेट्रिक डेटा लिने गरेको दाबी गरिएको छ । ती सूचना लिएर उनीहरु र परिवारलाई कहाँ प्रयोग भइरहेको छ भन्ने जानकारी समेत नदिएको आरोप लगाइएको छ । तर त्यसको खण्डन गर्दै टिकटकले गोपनीयता र सुरक्षा नै आफ्नो मुख्य प्राथमिकता भएको स्पष्ट पारेको छ । टिकटकका विश्वभर ८० करोड प्रयोगकर्ता छन् ।

गत वर्ष यसको मातृकम्पनी बाइटीडान्सले अर्बौँ नाफा कमाएको थियो । सन् २०१८ मे २५ यता टिकटक प्रयोग गर्ने बालबालिकाको पक्षमा मुद्दा हालिएको हो ।सन् २०१९ मा पनि चिनियाँ कम्पनी टिकटकलाई ५७ लाख अमेरिकी डलर जरिवाना अमेरिकी संघीय व्यापार आयोगले गराएको थियो । बालबालिकाको तथ्यांक र सूचनाको गलत प्रयोगमा उक्त जरिवाना गराइएको थियो । यस्तै दक्षिण कोरियामा पनि यसै सम्बन्धमा जरिवाना गरिएको थियो भने बेलायतमा अहिले सूचना आयोगको कार्यालयले अनुसन्धान गरिरहेको छ । गत वर्ष एक १२ वर्षीया बालिकाले टिकटकविरुद्ध मुद्दाको उठान गरेकी थिइन् । त्यसयता उनलाई अन्य व्यक्तिले साथ दिइरहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया