Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार१० महिनामै बंगलादेशले भित्र्यायो २० अर्ब डलर बढी रेमिट्यान्स

१० महिनामै बंगलादेशले भित्र्यायो २० अर्ब डलर बढी रेमिट्यान्स


ढाका ।
बंगलादेशको रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाह बढेको छ । वर्षगत तुलनामा रेमिट्यान्स ३९ प्रतिशतले वृद्धि भएको बंगलादेशी मिडियाको भनाइ छ । द डेली स्टार अनलाइनका अनुसार चालू आर्थिक वर्षको पहिलो १० महिनामा २० अर्ब डलर रेमिट्यान्स भित्रिएको हो ।

यो बंगलादेशको इतिहासमा पहिलोचोटि भएको बताइएको छ । विगतमा बंगलादेशमा २० अर्ब डलर रेमिट्यान्स आएको रेकर्ड नै नभएको बंगलादेश बैंकले जनाएको छ । विदेशमा रहेका बंगलादेशीहरुले अप्रिलमा दुई अर्ब छ करोड डलर स्वदेश पठाएका थिए । जुन वर्षगत तुलनामा ८९ प्रतिशतले बढी हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया