Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा महंगी दोहोरो अंकमा

पाकिस्तानमा महंगी दोहोरो अंकमा


इस्लामाबाद ।
पाकिस्तानमा महंगी आकाशिएको छ । अप्रिलमा उपभोग्य सामग्रीको मूल्यवृद्धिसँगै महंगी दर ११.१ प्रतिशतले बढेको हो । पाकिस्तान ब्युरो अफ स्टाटिष्टिक्सले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार मार्चमा ९.१ प्रतिशत रहेको महंगी दुई प्रतिशतले बढेको देखिएको हो ।

झण्डै १२ महिनापछि महंगी दोहोरो अंकले बढेको पाकिस्तानी मिडियाले जनाएका छन् । यद्यपि जनवरीमा भने ह्वात्तै घटेर ५.७ प्रतिशत आइपुगेको थियो । विशेषगरी खाद्यवस्तु सहर र गाउँ इलाकामा महंगिँदा त्यसको असर परेको बताइएको छ ।

महिनागत तुलनामा भने महंगी एक प्रतिशतले मात्रै बढेको हो । कुखुराको मासु, तेल, घ्यू, चिनी, गहुँलगायतको मूल्य बढेको कारण महंगी आकाशिएको छ ।

यता, गैरखाद्य क्षेत्रको महंगी भने ऊर्जा क्षेत्रको मूल्य बढ्दा केही महिनादेखि बढ्ने क्रममा रहेको छ । जुलाई र अप्रिलबीचको १० महिनामा औसत उपभोक्ता मूल्य सूचकांक ११.२२ प्रतिशतबाट ८.६२ प्रतिशतमा आइपुगेको छ ।

आर्थिक वर्ष सुरु हुँदा जुलाईमा पाकिस्तानको महंगी ९.३ प्रतिशत थियो, अगस्टमा फेरि ८.२ प्रतिशतमा झ-यो भने सेप्टेम्बरमा पुनः ९ प्रतिशत पुगेको बताइएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया