Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारतमा कोरोनाबाट एकैदिन ३४ सय १७ जनाको मृत्यु, तीन लाख ६८ हजार संक्रमित थपिए

भारतमा कोरोनाबाट एकैदिन ३४ सय १७ जनाको मृत्यु, तीन लाख ६८ हजार संक्रमित थपिए


नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन हजार चार सय १७ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा तीन लाख ६८ हजार नयाँ संक्रमित भेटिएका छन् ।

योसहित भारतमा कूल संक्रमितको संख्या एक करोड ९९ लाख पुगेको छ । गत शनिबार दैनिक संक्रमितको संख्या चार लाख नाघेको थियो तर आइतबार केही कमी आएको छ । भारतमा कोभिड संक्रमणबाट हालसम्म दुई लाख १८ हजार नौ सय ५९ जनाको ज्यान गएको छ । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया