Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायतले इरानलाई तिर्नुपर्ने ४० करोड पाउन्ड ऋणबारे छलफल

बेलायतले इरानलाई तिर्नुपर्ने ४० करोड पाउन्ड ऋणबारे छलफल


लन्डन ।
बेलायत र इरानबीच ४० करोड डलर ऋणबारे छलफल भइरहेको बेलायती विदेशमन्त्री जेम्स क्लेभर्लेले बताएका छन् । तर उक्त छलफलमा इरानी थुनामा रहेकी नाजानिन जागारी -याटक्लिफेबारे कुनै कुरा नउठेको बीबीसीले बताएको छ ।
सन् १९७० मा इरानले किनेका ट्यांकहरु दिन नसकेको कारण बेलायतले उक्त रकम इरानलाई तिर्न बाँकी रहेको बताइएको छ ।

यता इरानी मूलकी बेलायती जागारीले भने इरानले ऋण उठाउन आफूलाई थुनामा राखिरहेको बताएकी छिन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भने यी दुवै फरक मुद्दा भएको बताएका छन् । पत्रकारसँगको कुराकानीमा हार्टलपुल भ्रमणमा पुगेका जोन्सनले आफ्ना मन्न्त्रीहरुले जागारीबारे विचार गरिरहेको र तेहरानमा दुई राष्ट्रिय जटिल मुद्दा रहेको बताएका हुन् ।

फेरि अर्को वर्षका लागि थुनामा पुगेसँगै बितेका हप्तामा जागारीबारे समाचारहरु बनेका थिए । उनी पाँच वर्षे थुनाको समय सकिँदै गर्दा फेरि थुनामा थप समय राखिएको हो । उनी सन् २०१६ मा तेहरानमा पक्राउ परेकी थिइन् । उनीविरुद्ध जासुसी गरेको आरोप लागेको छ तर उनले यसलाई अस्वीकार गर्दै आएकी छिन् ।

उनका पति रिचार्डले पनि श्रीमतीलाई बार्गेनिङ गर्ने साधन बनाएको आरोप लगाउँदै आएका छन् । आइतबार इरानी राष्ट्रिय टीभीले बेलायतले ४० करोड पाउन्ड ऋण तिरेको बताएको थियो । तर बेलायतले यसबारे कुनै परिवर्तन नभएको बताएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया