Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपुनः पाँच अर्ब डलरमा बिक्री भयो याहु

पुनः पाँच अर्ब डलरमा बिक्री भयो याहु


अमेरिका ।
इन्टरनेट युगका दुई संस्थापक वेब सेवाप्रदायक याहु र एओएल पुनः बिक्री भएको छ । बीबीसीका अनुसार यसका पछिल्लो स्वामित्वकर्ताले कम्पनीलाई पुनर्जीवन दिन नसकेपछि फेरि बिक्री भएको बताइएको छ ।

अमेरिकी दूरसञ्चार कम्पनी भेराइजनले उक्त दुई कम्पनी समावेश मिडिया सम्पत्ति अर्को एक अमेरिकी निजी इक्विटी फर्मलाई पाँच अर्ब डलरमा बिक्री गर्ने सम्झौता भएको हो । भेराइजनले सन् २०१७ मा याहु र एओएल सन् २०१५ मा कुल नौ अर्ब डलरमा किनेको थियो । याहु र एओएल कुनै बेला चर्चित कम्पनी थिए तर गुगल र फेसबुकको आगमनसँगै ओझेल परेका थिए । एपोलो ग्लोबल म्यानेजमेन्टलाई बिक्री गरिनलागेका दुई मिडिया सम्पत्तिमा १० प्रतिशत स्वामित्व भने भेराइजनले राख्नेछ ।

दुई ब्रान्ड किनेर डिजिटल विज्ञापन बजारमा प्रवेश गर्ने आशा भेराइजनको थियो । किनकि यसले पर्याप्त उपभोक्ता पाउनेमा कम्पनी ढुक्क थियो । गुगल अस्तित्वमा आउनुभन्दा धेरै अगाडि उपभोक्ताका लागि याहु र एओएल निःशुल्क र सूचनामूलक वेब सर्भिस थिए । याहुले निःशुल्क वेब मेल र च्याट मेसेन्जर सेवा दिएको थियो । सन् २००० को दशकको सुरुतिर याहुका धेरै इन्टरनेट प्रयोगकर्ता थिए । दुवैले वेबसाइट र सफ्टवेयरमा दिनहुँ पहुँच दिइरहेका थिए ।

याहुले त समाचारहरु, मौसम प्रतिवेदन, खेलकुद, फिल्म रिलिज लगायतबारे जानकारी दिने गथ्र्यो । तर पपछिल्लो दशकमा याहु र एओएलले निकै संघर्ष गर्नुप-यो । यसको कारण थियो गुगल, बिंग, फेसबुक, ट्विटर, ईएसपीएन, फान्डांगो र वेदर डटकम । यिनै कम्पनीले इन्टरनेट बजार कब्जा गरे । त्यसपछि याहु उँभो नै लाग्न सकेको छैन । यता नयाँ खरिदकर्ता एपोलोले भने अझै पनि दुई ब्रान्डमा अवसरै अवसर रहेको दाबी गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया