चीनमा फोर्डका गाडी बिक्री ह्वात्तै घट्यो
शांघाई, पुस २९
फोर्ड मोटर चीनको गाडीको बिक्री लगातार तेस्रो वर्ष घटेको छ । कम्पनीका अनुसार सन् २०१९ मा २६.१ प्रतिशतले बिक्री घटेको हो । चीन कम्पनीको दोस्रो ठूलो बजार हो । चीनमा कम्पनीले युटिलिटी भेहिकलहरु बिक्री गर्दै आएको छ । चौथो त्रैमासिकमा गत वर्ष चीनमा कम्पनीले १ लाख ४६ हजार ४ सय ७३ वटा सवारीसाधन बिक्री गरेको थियो । जुन वर्षगत तुलनामा १४.७ प्रतिशतले कम हो ।
एक वक्तव्य जारी गर्दै अमेरिकी कम्पनीले सन् २०१९ मा कुल ५ लाख ६७ हजार ८ सय ५४ वटा सवारीसाधन बिक्री गरेको जनाएको छ । कम्पनीले चीनमा बिक्री बढाउने भरमग्दुर प्रयास गरिरहेको छ । सन् २०१७ यता कम्पनीको व्यवसाय खस्किन सुरु भएको थियो । सन् २०१८ मा ३७ प्रतिशतले फोर्डका गाडी बिक्री घटेको थियो । सन् २०१७ मा ६ प्रतिशतले बिक्रीमा कमी आएको थियो ।
चीनका लागि कम्पनी प्रमुख कार्यकारी एनिङ चेनले गत वर्ष कम्पनीका लागि चुनौतीपूर्ण रहेको बताए । उनले सन् २०२० मा पनि बिक्री घट्ने बताए । बाह्य वातावरण र कम्पनीको ओरालो लाग्दो व्यवसाय जारी रहने उनको भनाइ छ । तर बिक्री बढाउन कम्पनीले निरन्तर प्रयास गर्ने चेनको दाबी छ । चीनमा आगामी तीन वर्षमा कम्पनीले ३० भन्दा बढी नयाँ मोडल सार्वजनिक गर्ने योजना बनाएको छ । त्यसमा विद्युतीय सवारीसाधन पनि पर्नेछन् । बिक्री बढाउन कम्पनीले व्यवस्थापन टोलीमा अधिकांश चिनियाँ कर्मचारी राख्ने र संयुक्त उपक्रमका लागि साझेदार खोज्ने पनि बताएको छ । फोर्डले चौथो त्रैमासिकमा सार्वजनिक गरेका नयाँ मोडलमा एस्केप भर्सन एउटा हो ।
उक्त मोडललाई ग्राहकले अत्यधिक रुचाउँदा माग धान्न गाह्रो परेको कम्पनीको भनाइ छ । चीनमा फोर्डले चोंगक्विंग चांगान अटोमोबाइल कम्पनी र जिंआंगलिंग मोटर्स कर्पसँग संयुक्त उपक्रममा सवारीसाधन उत्पादन गरिरहेको छ । अब जोत्ये अटोमोबाइलसँग पनि सस्ता कार निर्माण गर्ने कम्पनीले योजना बनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया