Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारस्पिरिट एरोसिस्टम्सले बोइङ म्याक्स ७३७ का पार्टपुर्जाको उपलब्धता बढाउने

स्पिरिट एरोसिस्टम्सले बोइङ म्याक्स ७३७ का पार्टपुर्जाको उपलब्धता बढाउने


अमेरिका ।
स्पिरिट एरोसिस्टम्सले बोइङ ७३७ म्याक्सजेटको एक सय ६० शिपसेट पार्टपुर्जा सन् २०२१ मा डेलिभर गर्ने भएको छ । बुधबार कम्पनीले बोइङ आफैँले विद्युतीय समस्याका कारण डेलिभरी रोके पनि आफूले पार्टपुर्जाको उपलब्धता बढाउने जनाएको हो ।

उक्त कम्पनीले सन् २०२० मा ७१ ७३७ म्याक्स शिपसेट्स डेलिभरी गरेको थियो । यसैबीच, कम्पनीले यो वर्षको पहिलो त्रैमासिकमा सोचेभन्दा बढी घाटा व्यहोरेको जनाएको छ । यो कम्पनीले विमानहरुको पार्टपुर्जा बनाउँछ । खासगरी कोरोना भाइरस संक्रमणका कारण अन्तर्राष्ट्रिय हवाइ यात्रामा सुधार नआउँदा घाटा व्यहोर्नुपरेको कम्पनीले जनाएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया