Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा पेट्रोल, डिजेलको मूल्यवृद्धि

भारतमा पेट्रोल, डिजेलको मूल्यवृद्धि


नयाँ दिल्ली ।
भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ । मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो । बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४ कायम भएको छ भने डिजेलको मूल्य भारु ८१.१२ रहेको छ ।

भारतीय तेल कम्पनीहरुले मंगलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए । मंगलबार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो । सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बीपीसीएल र एचपीसीएलले गत वर्षको मार्च यता पेट्रोलमा प्रतिलिटर भारु २१.५८ र डिजेलमा भारु १९.१८ ले वृद्धि गरिसकेका छन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया