Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविद्युतीय सामग्रीमा नयाँ नियम लागू गर्दै पाकिस्तान

विद्युतीय सामग्रीमा नयाँ नियम लागू गर्दै पाकिस्तान


इस्लामावाद, पुस २९
पाकिस्तान सरकारले सबै किसिमका विद्युतीय सामग्रीको नयाँ गुणस्तर मानक लागू गर्ने तयारी गरेको छ । पाकिस्तानी मिडियाका अनुसार जनवरी १५ देखि अर्थात् माघ १ देखि उक्त गुणस्तर अनिवार्य पालन गर्नुपर्नेछ । सरकारले अर्थतन्त्रको सबै क्षेत्रमा विद्युत् लागत कम गर्न नयाँ नियम ल्याएको हो । नेशनल इनर्जी एफिसियन्सी एण्ड कन्जर्भेसन अथोरिटी (एनईईसीए)का प्रबन्धनिर्देशक डा. सरदार मोहाजमले लाइटिङ (बल्ने) वस्तुको न्यूनतम ऊर्जा मानक बुधबारदेखि लागू हुने बताए । साथै फेब्रुअरीदेखि मोटरहरुमा र त्यसलगत्तै रेफ्रिजेरेटर र छ महिनाभित्र एयर कन्डिसनहरुमा नयाँ गुणस्तर लागू हुनेछ ।

विद्युत् खपत कम भए राष्ट्रिय अर्थतन्त्रको १० देखि १५ प्रतिशतसम्म जोगिने र ३० लाख टन तेल उपकरण तीन वर्षभित्रै कम गर्ने पनि बताइएको छ । यसका लागि निकाले बल्ने वस्तु उत्पादनकर्तालाई बाँकी रहेका उत्पादन सक्याउन भनेको छ । छ महिनाभित्र कम्पनीहरुले उक्त वस्तुहरु सक्नुपर्नेछ । यसले जलवायु परिवर्तन रोक्न पनि सहयोग पुग्ने बताइएको छ । सन् २०२० को अन्त्यसम्ममा सबै विद्युत्जन्य र विद्युतीय वस्तुहरु नयाँ गुणस्तरभिभत्र आउनेछन् । पाकिस्तान सरकारले मुख्य गरी उद्योग, यातायात र घरलाई प्राथमिकतामा राखेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया