Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारट्रम्पमाथि फेसबुकले लगाएको स्थायी प्रतिबन्ध पुनर्विचार गर्न निर्देशन

ट्रम्पमाथि फेसबुकले लगाएको स्थायी प्रतिबन्ध पुनर्विचार गर्न निर्देशन


अमेरिका ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट सदाका लागि बन्द गर्ने फेसबुकको निर्णयमा समर्थन गर्दै निरीक्षकहरुको बोर्डले छ महिनाभित्र यसको पुनर्विचार गर्न निर्देशन दिएको छ । ट्रम्पविरुद्ध गरिएको कारबाही सही भए पनि सदाका लागि प्रतिबन्धित गर्ने निर्णयको आलोचना गर्दै ‘ओभरसाइट बोर्ड’ले यसलाई फेसबुकको सामान्य दण्डसजायभन्दा बाहिर गएको ठहर गरेको हो ।

बीबीसीका अनुसार बोर्डले सबैका लागि मान्य हुने कारबाहीसँग मेल खाने गरी स्थायी प्रतिबन्धको निर्णय समीक्षा गर्न भनेको छ । फेसबुक र इन्स्टाग्रामले ट्रम्पको दुवै सामाजिक सञ्जालको एकाउन्ट स्थायी रुपमा प्रतिबन्धित गरेको थियो । खासगरी जनवरीमा ट्रम्प समर्थकले उनकै उक्साहटमा अमेरिकी संसदमा हुलहुज्जत गरेको भन्दै फेसबुक र इन्स्टाग्रामले उनको एकाउन्ट नै निलम्बन गरेको थियो । पछि यसलाई स्थायी रुपमै प्रतिबन्धित गरिएको थियो ।

ओभरसाइट बोर्डले सुरुमै स्थायी प्रतिबन्ध लगाउने फेसबुकको निर्णय अनिश्चित र मानकरहित भनेको छ । फेसबुकका अन्य प्रयोगकर्तालाई जस्तै ट्रम्पलाई पनि सोही अनुसारको कारबाही गरिनुपर्नेमा मनोमानी निर्णय गरेको भन्दै स्वतन्त्र बोर्डले फेसबुकको आलोचना गरेको छ । यता फेसबुक र ट्विटरजस्ता चर्चित सामाजिक सञ्जालले प्रतिबन्धित गरेपछि ट्रम्पले भने बुधबार नै नयाँ वेबसाइट सार्वजनिक गरेका छन् । यसबाट आफ्ना समर्थकमाझ पुग्ने विश्वास ट्रम्पको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया