अमेजन प्रमुख बेजोज भारत आउँदै
नयाँ दिल्ली, पुस २९
चर्चित अनलाइन खुद्रा बिक्रेता अमेजनका प्रमुख जेफ बेजोज अर्को हप्ता भारत आउने भएका छन् । तर उनले साना व्यापारीको विरोधको सामना गर्नुपर्ने रोयटर्सले जनाएको छ । व्यापारीहरुले उनी आउने भएपछि सांगठनिक विरोधको तयारी गरेका हुन् । बेजोजले भारतमा सरकारी अधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ । त्यसपछि भारतीय राजधानी नयाँ दिल्लीमा हुने अमेजन इभेन्टमा उनी सहभागी हुनेछन् । उक्त कार्यक्रममा साना र मध्यम खालका उद्यमीहरुसँग उनले छलफल गर्नेछन् ।
भारत भ्रमणका सिलसिलामा बेजोजले प्रधानमन्त्री र अन्य सरकारी अधिकारीसँग पनि अनलाइन व्यवसायबारे छलफल गर्ने बताइएको छ । यद्यपि अमेजनले भ्रमणबारे केही बताइसकेको छैन । भारतको द कन्फेडेरेसन अफ अल इन्डिया ट्रेडर्सले विरोध गर्ने बताएको छ । उक्त संघमा ७ करोड व्यवसायी छन् । उनीहरुले बेजोज भारतमा रहँदा करिब ३ सय सहरमा प्रदर्शन गर्नेछन् । सन् २०१५ यता संघले अमेजन र वालमार्टको फ्लिपकार्टविरुद्ध विरोध गर्दै आएको छ ।
दुवै कम्पनीले धेरै छुट दिएको र भारतको विदेशी लगानी नियम उल्लंघन गरेको आरोप संघले लगाउँदै आएको छ तर दुवै कम्पनीले आरोपको खण्डन गर्दै आएका छन् । आफूहरुले हजारौँ साना बिक्रेता, महिला उद्यमीलाई व्यावसायिक अवसर सृजना गरेको कम्पनीले दाबी गर्दै आएको छ । संघले गर्ने विरोध शान्तिपूर्ण प्रदर्शन र -याली हुनेछ । संघले करिब १ लाख व्यापारीलाई सडकमा उतार्ने लक्ष्य राखेको छ ।
अमेरिकी खुद्रा कम्पनी अमेजन र वालमार्टको लागि भारत मुख्य बजार हो । कम्पनीले दिने भारी छुटकै कारण ग्राहकले साना किराना सामग्रीदेखि ठूला विद्युतीय उपकरणसमेत अनलाइनबाटै मगाउने गरेका छन् । यसले भारतीय व्यवसायीलाई घाटा पु-याएको बताइएको छ । नयाँ दिल्लीले गत वर्ष १३ करोड मानिसमा आश्रित साना खुद्रा कम्पनीलाई संरक्षण गर्न ठूला कम्पनीलाई छुटमा कडाइ गर्ने नियम लागू गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया