अन्तरिक्ष यात्राका लागि ‘गर्लफ्रेन्ड’ खोज्दै अर्बपति
टोक्यो, पुस २९
जापानका एक अर्बपतिले अन्तरिक्ष यात्राका लागि केटी साथीको खोजी गरेका छन् । बीबीसीका अनुसार अर्बपति युसाकु माइजावाले स्पेस एक्सको चन्द्रमाको नजिकसम्म पुग्ने यात्राको लागि जीवनसाथी खोजेका हुन् । फेसन क्षेत्रका चर्चित अर्बपति हाल ४४ वर्ष उमेरका छन् । उनको सपना साकार भए स्पेस एक्सको स्टारशिप रकेटमा चन्द्रमाको वरपर अन्तरिक्ष भ्रमणमा जाने पहिलो सर्वसाधारण यात्रु बन्नेछन् । योजनाअनुसार काम भए सन् २०२३ मा युसाकु अन्तरिक्ष यात्रामा जाने बताइएको छ । यो योजना सफल हुँदा उनी सन् १९७२ पछि पहिलो मानव यात्रु समेत बन्नेछन् ।
उनले केटी साथीका लागि अनलाइनमार्फत आह्वान गरेका हुन् । उनले विशेष महिलासँग उक्त अनौठो अनुभव बाँड्न चाहेको पनि बताएका छन् । उनले २७ वर्षीया आयामी गोरिकी नामकी अभिनेत्रीसँगको सम्बन्ध भर्खरै छोडेका थिए । महिलाहरुलाई उनले आफ्नै वेबसाइटमा विज्ञापन गरेका हुन् । ‘म आफूभित्र एक्लो र रित्तोपना महसुस भइरहेको छ र म अहिले खाली कुनै एक महिलासँगको प्रेमलाई निरन्तरता दिन सकूँ’, वेबसाइटमा उनले भनेका छन्, ‘म जीवनसाथी चाहन्छु र उनीसँग बाहिरी अन्तरिक्षमा पुगेर प्रेम र विश्व शान्तिको आवाज चिच्याउन सकूँ !’
आवेदनको लागि तीन महिना लामो प्रक्रिया राखिएको छ । यसमा केही शर्तहरु समेत रहेको बताइएको छ । उक्त प्रक्रियामा इच्छुक महिला एक्लो हुनुपर्ने, २० वर्षमाथिको हुनुपर्ने र सधैँ सकारात्मक रहने तथा अन्तरिक्ष जाने इच्छा भएको हुनुपर्ने उल्लेख छ । जनवरी १७ सम्म इच्छुक महिलाले निवेदन दिनसक्नेछन् भने अन्तिम निर्णयको लागि मार्चको अन्तिमसम्मको समय दिइएको छ । उनी यस्तै यस्तै अनौठो प्रचारबाजीका लागि चर्चित छन् ।
केही समयअघि मात्रै उनले ९ लाख २५ हजार अमेरिकी डलर सय जनालाई आफ्नो ट्विट सेयर गरे बाँड्ने बताएका थिए । उनी जापानको अनलाइन क्लोथिङ रिटेलर जोजोका संस्थापक हुन् । उनीसँग करिब ३ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको छ भने धेरै पैसा उनले कलाका लागि खर्च गर्छन् । गत वर्षदेखि उनी चर्चित बनेका हुन् । स्पेस एक्सको चन्द्र मिसनका लागि पहिलो यात्रु घोषणा भएपछि उनको चर्चा सुरु भएको थियो । स्पेस एक्स अर्का चर्चित अर्बपति एलन मस्कको कम्पनी हो । यद्यपि उनले उक्त यात्राका लागि तिर्ने भाडा रकम भने कम्पनीले सार्वजनिक गरेको छैन । उनले आफूसँगै धेरै कलाकारहरुलाई पनि अन्तरिक्ष लैजाने प्रतिबद्धता जनाएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया