Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा एकै दिन झण्डै चार हजारको मृत्यु

भारतमा एकै दिन झण्डै चार हजारको मृत्यु

चार लाख १२ हजार संक्रमित


नयाँ दिल्ली ।
कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार नौ सय ८० जनाको मृत्यु भएको हो ।

योसँगै भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या दुई लाख ३० हजार एक सय ६८ पुगेको छ । भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएको पाइएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा देशभर गरेर कुल चार लाख १२ हजार दुई सय ६२ जना संक्रमित भएको जानकारी दिएको छ । एकै दिनमा यति धेरै संक्रमित भएको यो पहिलोपटक भएको सरकारी अधिकारीहरुले जनाएका छन् । भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल दुई करोड १० लाख ७७ हजार चार सय १० जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा तीन लाख २९ हजार एक सय १३ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या एक करोड ७२ लाख ८० हजार आठ सय ४४ पुगेको छ । भारतमा अहिले पनि ३५ लाख ६६ हजार तीन सय ९८ जना कोरोनाभाइरसबाट संक्रमित भइरहेकै अवस्थामा रहेका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार यही मे ५ तारिखसम्ममा भारतमा २९ करोड ६७ लाख ७५ हजार दुई सय नौ कोभिडको नमूना परीक्षण गरिएको छ । तीमध्ये १९ लाख २३ हजार एक सय ३१ जनाको बुधबार परीक्षण गरिएको हो ।

भारतमा अहिलेसम्म १६ करोड २५ लाख १३ हजार तीन सय ३९ मात्राको कोरोनाभाइरसविरुद्धको खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाको परीक्षण र खोप अभियान एकातिर चलिरहेको छ भने अर्कोतिर कोरोनाभाइरसबाट संक्रमित भएका र मृत्यु भएकाहरुको संख्या पनि दिन प्रतिदिन
बढ्दो छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया