Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअलिबाबाको मुख्यालय पुगे चिनियाँ व्यवसायी ज्याक मा

अलिबाबाको मुख्यालय पुगे चिनियाँ व्यवसायी ज्याक मा


वेइजिङ ।
अलिबाबा ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी ज्याक मा सोमबार हांग्झोउ क्याम्पसमा देखिएका छन् । अलिबाबाको वार्षिक ‘अलि डे’को अवसरमा उनी कम्पनीको मुख्यालय पुगेको बताइएको छ ।

गत वर्ष अक्टोबरमा सरकारी अधिकारीको सार्वजनिक रुपमै आलोचना गरेपछि उनी विरलै सार्वजनिक भेटघाटमा देखिने गरेका छन् । सोही आलोचनाका कारण अलिबाबालाई चीन सरकारले प्रतिस्पर्धाविरोधी व्यवसाय गरेको भन्दै कीर्तिमानी जरिवाना तिराएको थियो । यसबाहेक ३७ अर्ब डलरको अलिबाबाअन्तर्गतकै कम्पनी एन्ट ग्रुपको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) रोकिएको थियो ।

सोमबार मा अलिबाबाका कार्यकारीहरुसँगै देखिएका थिए । निलो टिसर्ट, सेतो ट्राउजर र चिनियाँ शैलीको जुत्तामा मा हाँसिरहेको अवस्थामा भेटिएको बताइएको छ । उनलाई देखेर कम्पनीका कर्मचारी प्रसन्न देखिएका थिए । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया