Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगुनासो आउनथालेपछि चीनमा टेस्ला कारको बिक्री घट्यो

गुनासो आउनथालेपछि चीनमा टेस्ला कारको बिक्री घट्यो


साँघाई ।
अमेरिकी विद्युतीय कार निर्माता टेस्लाको चीनमा कार बिक्री २७ दशमलव दुई प्रतिशतले घटेको छ । सुरक्षा र गुणस्तरबारे गुनासा बढेसँगै बिक्री घटेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

कम्पनीले अप्रिल महिनामा २५ हजार आठ सय ४५ वटा सांघाईमा बनेका टेस्ला कार डेलिभरी गरेको छ । यसअघिको महिनामा कम्पनीले ३५ हजार चार सय ७८ युनिट कार बिक्री गरेको चाइना पेसेन्जर कार एसोसिएसन (सीपीसीए)ले जनाएको छ ।

सांघाईमा रहेका एक विश्लेषक गाओ शेनका अनुसार एकै महिना झण्डै १० हजार कार बिक्री घट्नु असामान्य हो । यसका बाबजुद टेस्ला चीनमा विद्युतीय कार बिक्रीमा अग्रपंक्तिमै रहने उनको भनाइ छ । चीनका विद्युतीय कार निर्माताहरु बजारमा जम्न लामो समय लाग्ने भएकाले टेस्लाले नै विद्युतीय कार बजारमा पकड कायम गर्ने उनले बताए ।

चिनियाँ ग्राहकले गत महिनादेखि टेस्लाका कारमा सुरक्षा र गुणस्तरको प्रश्न उठाएका थिए । गत अप्रिल १९ मा मोडेल ३ की ग्राहक एक महिलाले ब्रेकमा समस्या रहेको गुनासो गरेकी थिइन् । उनको कार दुर्घटनामा परेको थियो । त्यसको दुई दिनपछि टेस्लाले माफी मागेको थियो । त्यसअघि नै टेस्लाका चिनियाँ कार्यकारीहरुलाई सरकारी वरिष्ठ अधिकारीले मोडेल ३ कारको गुणस्तरबारे स्पष्टीकरण लिएका थिए । तर कम्पनीले भने आफ्ना कारको गुणस्तर र सुरक्षा अब्बल रहेको दाबी गर्दै आएको छ ।

त्यसो त बिक्री घट्नुमा गत मार्चमा मोडेल वाईको मूल्य बढाइनुलाई पनि लिइएको छ । कम्पनीले मोडेल वाई कारको मूल्य आठ हजार युआन अर्थात् एक हजार दुई सय ४५ अमेरिकी डलर पु-याएको थियो ।

यसका बाबजुद पपनि टेस्ला नै बिक्रीमा अगाडि रहेको छ । यसका प्रतिस्पपर्धी कम्पनीहरु नियो, एक्सपेंग र लि अटो टेस्लाभन्दा निकै पछाडि छन् । उनीहरुले गत महिना कुल १७ हजार सात सय ८८ युनिट कार मात्रै डेलिभरी गरेका छन् । जुन टेस्लाको बिक्रीको ७० प्रतिशतभन्दा पनि कम हो । सांघाईमा टेस्लाको ठूलो कारखान छ । त्यहाँबाट कम्पनीले मार्चमा १४ हजार एक सय ७४ कार निर्यात समेत गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया