Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकाको ‘मुद्रा चलखेलकर्ता’ सूचीबाट चीन हट्यो

अमेरिकाको ‘मुद्रा चलखेलकर्ता’ सूचीबाट चीन हट्यो


वासिङ्टन, माघ १
दुई देशबीच पहिलो चरणको व्यापार सम्झौता हुनै लाग्दा अमेरिकाले चीनलाई लगाएको मुद्रा चलखेलकर्ताको आरोप फिर्ता लिएको छ । बीबीसीका अनुसार अमेरिकाले चीनलाई यसअघि राखेको मुद्रा चलखेलकर्ताको सूचीबाट हटाएको हो । चीनले आफ्नो मुद्रा अवमूल्यन नगर्न सहमत भएपछि उक्त सूचीबाट हटाइएको अमेरिकाले जनाएको छ । यही हप्ता वासिङटन र बेइजिङले पहिलो चरणको व्यापार सम्झौता गर्दै छन् ।

उक्त सम्झौताले एकअर्का देशका वस्तुमाथिको कर थोपर्ने प्रवृत्ति अन्त्य हुने र डेढ वर्षयता चर्किएको व्यापारयुद्ध समाधानको बाटोमा जाने अनुमान गरिएको छ । अमेरिकी वाणिज्य सचिव स्टिभन म्नुचिनले चीनले ठोस प्रतिबद्धता जनाएको कारण उक्त सूचीमा राखिराख्न आवश्यक नदेखिएको बताए । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफ्नो मुद्रा अवमूल्यन गरेर चलखेल गरेको आरोप लगाएका थिए । अमेरिकाले युआनको मूल्य अगस्टयता प्रशंसनीय देखिएको बताएको छ । अमेरिकाले चीनलाई अगस्टमा यस्तो सूचीमा समावेश गरेको थियो । त्यतिबेला दुई देशबीचको तनाव उच्च विन्दुमा पुगेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया