अमेरिकाले बेलायतलाई भन्यो : हुवावेको फाइभजी नेटवर्क प्रयोग गर्नु पागलपन
लन्डन, माघ १
अमेरिकाले बेलायत सरकारलाई हुवावेको फाइभजी प्रयोग गरे पागलपन हुने बताएको छ । बेलायत आएको अमेरिकी प्रतिनिधि टोलीले हुवावेको प्रविधिले सुरक्षा जोखिम बढाउने दाबी गरेको हो । यो विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई दबाब दिँदै आएका छन् ।
बेलायतले यही महिना हुवावेको फाइभजी स्वीकार गर्ने या नगर्नेबारे निर्णय लिने बताइएको छ । अमेरिकी टोलीमा डेपुटी नेशनल सेक्युरिटी एडभाइजर म्याट पोटिंगरलगायत छन् । टोलीले सोमबार लन्डनमा बेलायत सरकारका मन्त्रीहरुसँग भेटवार्ता गरेको थियो । अमेरिकी विशिष्ट अधिकारीले हुवावेले खतरा सृजना गर्ने सूचना समेत बेलायतलाई दिएको बीबीसीले जनाएको छ । बेलायतले भने यसअघि हुवावेको फाइभजी प्रविधि जोखिममुक्त गरेर प्रयोग गर्न सकिने बताउँदै आएको थियो । अमेरिकी टोलीले दिएको सूचनाले बेलायतको आफ्नै निर्णयमाथि धक्का पुगेको बताइएको छ । यसबारे अमेरिकी अधिकारीहरुले भने केही बताएका छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेको प्रविधि प्रयोग संघारमै पुगेको बेलायतलाई रोक्न टोली नै पठाएर लबिङ गरेका हुन् ।
गत वर्ष अमेरिकाले आफ्ना कम्पनीलाई प्राविधिक उपकरणहरु चिनियाँ कम्पनीलाई बेच्नबाट रोकेको थियो । राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती खडा हुने भन्दै अमेरिकी वाणिज्य विभागले हुवावेलाई कालोसूचीमा समेत राखिरहेको छ । अमेरिकाले आफूपक्षीय देशहरुलाई समेत हुवावेको प्रविधि प्रयोग गरे गोप्य सूचना बाँड्न नसकिने चेतावनी दिइसकेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया