चिनियाँ हवाइ बजारबाट एक खर्ब ५४ अर्ब डलर आम्दानी
बेइजिङ, माघ १
चीनको हवाइ क्षेत्रबाट गत वर्ष १ खर्ब ५४ अर्ब अमेरिकी डलर राजस्व संकलन भएको छ । सिन्ह्वाका अनुसार सिभिल एभिएसन अथोरिटीले सन् २०१९ मा १० खर्ब युआन राजस्व उठेको जानकारी दिएको हो । उक्त वर्ष चीन विश्वकै दोस्रो ठूलो हवाइ बजार भएको पनि बताइएको छ । जुन अघिल्लो वर्षको तुलनामा ५.४ प्रतिशतको वृद्धि हो ।
सन् २०१९ मा चीनको हवाइ उद्योगले ६६ करोड यात्रु र ७५ लाख २० हजार टन हवाइ कार्गोलाई सेवा दिएको थियो । जुन वर्षगत तुलनामा सन् २०१८ भन्दा क्रमशः ७.९ र १.९ प्रतिशतले बढी हो । तथ्यांकअनुसार सन् २०१८ मा चीनको हवाइ क्षेत्रको वार्षिक आम्दानी ८ खर्ब ७५ अर्ब युआन रहेको थियो । तर एकै वर्षमा १७ प्रतिशतले आम्दानी बढेको हो । सन् २०२० को मध्यतिरै चीन विश्वकै ठूलो हवाइ बजार बन्ने आशा गरिएको छ । इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनले यस्तो अनुमान गरेको सिन्ह्वाले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया