Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनले अनुदान दिएको पाँच लाख डोज खोप बंगलादेशमा

चीनले अनुदान दिएको पाँच लाख डोज खोप बंगलादेशमा


ढाका ।
चीनले अनुदानमा उपलब्ध गराएको पाँच लाख डोज कोभिड–१९ विरुद्धको खोप ढाका आइपुगेको छ । बंगलादेश वायुसेना (बीएएफ)को विशेष विमानले उक्त खोप बुधबार बिहान राजधानी ढाका ल्याएको हो । चीनको विशाल औषधि निर्माता सिनोफार्म कम्पनीबाट विकास गरिएको खोप बंगलादेशलाई उपलब्ध गराइएको हो । यो खोपलाई बंगलादेशको औषधि नियामक निकायले केही दिनअघि आपत्कालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोभिडविरुद्धको खोप अभियान गत जनवरी २८ मा सुरु गरेकी थिइन् । बंगलादेशलाई यसअघि भारतले २० लाख डोज कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो । साथै बंगलादेशले भारतको सेरम इन्स्टिच्युटबाट तीन करोड डोज खोप खरिद गर्न सम्झौता गरिसकेको जनाएको छ । बंगलादेशले खरिदका लागि सम्झौता गरिसकेको खोपमध्ये ५० लाख डोज बंगलादेशले प्राप्त गरिसकेको छ भने प्रत्येक महिना अरु पाँच लाख खोप उपलब्ध गराउने सेरमले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया