भारतको आलोचनाको मलेसियाली प्रधानमन्त्रीले गरे बचाउ
क्वालालम्पुर, माघ १
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले भारतले पछिल्लोपटक गरेको पाम तेल आयात नगर्ने निर्णयप्रति आफ्नो देशको ध्यानाकर्षण भएको जनाएका छन् । मंगलबार भारतीय निर्णयप्रति चिन्ता व्यक्त गर्दै उनले भारतले गर्ने गलत निर्णयको सधैँ विरोध गर्ने समेत बताएका हुन् । उनले पछिल्लो समय आफूले भारतीय कदमप्रति गरेको आलोचनाको समेत बचाउ गरेका छन् ।
मलेसिया इन्डोनेसियापछि विश्वकै ठूलो धेरै पाम तेल उत्पादनकर्ता तथा निर्यातकर्ता देश हो । त्यस्तै भारत सबैभन्दा धेरै पाम तेल आयातकर्ता देश हो । भारतले गत हप्तामात्रै प्रशोधित पाम तेलको आयातमाथि प्रतिबन्ध लगाएको थियो । भारतले ल्याएको नागरिकतासम्बन्धी पछिल्लो कानुनको प्रधानमन्त्री महाथिरले चर्को आलोचना गरेपछि पाम तेल आयात नगर्ने निर्णय नयाँ दिल्लीले गरेको थियो । यसअघि पनि महाथिरले कश्मिर विवादबारे भारतको आलोचना गरेका थिए । महाथिरले देशले आर्थिक नोक्सानी व्यहोर्नुपरे पनि आफूले भारतको नकारात्मक कुराको आलोचना नरोक्ने बताएका छन् ।
भारतको निर्णयपछि मलेसियाली पाम प्रशोधन व्यवसायले नोक्सानी व्यहोर्नुपरेको छ । महाथिरले यसको समाधान गर्ने बताएका छन् । भारतले आफ्ना पाम आयातकर्ता व्यवसायीलाई मलेसियाबाट आयात नगर्न आन्तरिक निर्देशन दिएको बुझिएको छ । सोसँगै भारतीय आयातकर्ताले इन्डोनेसियाबाट पाम तेल आयात थालेका छन् । भारतको विदेश मन्त्रालयले गत बिहीबार पछिल्लो कदम कुनै पनि देशलक्षित नभएको स्पष्टीकरण दिएको थियो । सन् २०१९ मा भारतले मलेसियाबाट धेरै पाम तेल आयात गरेको थियो ।
उक्त वर्ष भारतले ४४ लाख टन तेल आयात गरेको थियो तर २०२० मा १० लाख टनभन्दा कम आयात हुनसक्ने बताइएको छ । भारतले आयात नगर्ने भएपछि मलेसियाले पाकिस्तान, फिलिपिन्स, म्यान्मार, भियतनाम, इथियोपिया, साउदी अरेबिया, इजिप्ट, अल्जेरिया र जोर्डनमा पाम तेल बिक्रीका लागि प्रयास गरिरहेको छ । धेरै तेल आयातकर्ताको प्रतिस्थापन सहज नहुने बताइएको छ । सोही कारण मलेसियाली ट्रेड युनियन संघले भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया