Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदक्षिण कोरियाको ऋणभार पाँच सय ६६ अर्ब डलर पुग्यो

दक्षिण कोरियाको ऋणभार पाँच सय ६६ अर्ब डलर पुग्यो


सियोल ।
औद्योगिक सम्पन्न राष्ट्रको श्रेणीमा रहेको दक्षिण कोरियाको वैदेशिक ऋण चालू आर्थिक वर्षको पहिलो तीन महिनामा हालसम्मकै उच्च रहेको केन्द्रीय बैंकले जनाएको छ । खासगरी विदेशीहरुले स्थानीय ऋणपत्र (बोन्ड) व्यापक रुपमा खरिद गरेका कारण ऋणभार बढेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरण उल्लेख छ ।

बैंकका अनुसार मार्चको अन्त्यसम्ममा बाह्य दायित्व बढेर पाँच सय ६६ अर्ब डलर पुगेको छ जुन अघिल्ला तीन महिनाको तुलनामा २१ अर्ब डलरले बढी हो । कोरियाली अर्थतन्त्र निकै सबल रहेका कारण पनि विदेशी लगानीकर्ताहरुले कोरियाली ऋणपत्रमा लगानी बढाएको देखिएको छ । कोरियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पहिलो त्रैमासिक अवधिमा १.६ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि कोभिड–१९ सुरु हुनुभन्दा अघिको अवस्थामा पुगेको बैंकले जनाएको छ ।

देशको विदेशी मुद्रा सञ्चयको तुलनामा अल्पकालीन वैदेशिक ऋणको अंश १.२ प्रतिशतले वृद्धि भएर ३७.१ प्रतिशत पुगेको छ । यसैगरी, बाह्य ऋणको भार मार्चको अन्त्यसम्ममा १० खर्ब डलर पुगेको छ जुन अघिल्ला तीन महिनाको तुलनामा करिब तीन अर्ब डलरले बढी हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया