Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविवर्कको घाटा दुई अर्ब डलर माथि

विवर्कको घाटा दुई अर्ब डलर माथि


अमेरिका ।
अफिस सेयरिङ स्टार्टअप विवर्कले कोरोनाका कारण त्रैमासिक घाटा नै दुई अर्ब छ करोड अमेरिकी डलर पुगेको विवरण सार्वजनिक गरेको छ । सेयरबजारमा प्रवेश गर्नैलाग्दा कम्पनीले अर्बौँ घाटा भएको विवरण सार्वजनिक गरेको बीबीसीले जनाएको छ । यसअघि सन् २०१९ मा नै सेयरबजारमा प्रवेश गर्ने योजना कम्पनीको बिजनेस मोडलमा ध्यानाकर्षण भएसँगै भत्किएको थियो ।

खासगरी कम्पनीका सहसंस्थापक आदम न्युम्यानको नेतृत्वशैली विवादित हुँदा त्यतिबेला योजना विफल भएको थियो । न्युम्यान कम्पनीबाट बाहिरिएपछि रोजगारी कटौती र व्यवसाय समेत बिक्री भएको थियो ।

सामाजिक दूरी कायम गर्नुपर्ने स्वास्थ्य मापदण्ड पालना हुनथालेपछि कम्पनीको व्यवसायमा असर गरेको थियो । फलस्वरुप अर्बौँ घाटा पुग्न गएको हो । महामारीमा मानिसहरु अफिसबाट भन्दा घरबाटै काम गर्न थालेका छन् । जसको असर अफिस सेयर गर्ने कम्पनी विवर्कलाई परेको हो । विवर्कलार्य जापानी प्रविधि कम्पनी सफ्टबैंकले सहयोग गरेको छ ।

विवर्कले गत वर्षको तुलनामा झण्डै आधा अर्थात् ५९ करोड ८० लाख डलर राजस्व संकलन भएको जनाएको छ । तर कम्पनीले मानिसहरु फेरि अफिसबाटै काम गर्न सुरु भएको भन्दै व्यवसाय सुध्रिने आशा गरेको छ । कम्पनीको अकुपेन्सी दर पनि पछिल्लो त्रैमासिकमा ५० प्रतिशत पुगेको छ । त्यसअघिको तीन महिनामा यस्तो दर ४७ प्रतिशत मात्रै रहेको थियो ।

गत मार्चमा विवर्कले सेयरबजारमा आफ्नो सेयर कारोबार सुरु हुने जनाएको थियो । कम्पनीले सार्वजनिक रुपमा कारोबार भइरहेको बोएक्स एक्विजिसन कर्पले किनेपछि सेयरबजारमा प्रवेश हुनसक्ने जनाएको थियो । बोएक्स विशेष उद्देश्यको प्राप्ति गर्नेसम्बन्धी कम्पनी हो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया