Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारउत्तरी इटलीमा केबलकार दुर्घटना, आठ जनाको मृत्यु

उत्तरी इटलीमा केबलकार दुर्घटना, आठ जनाको मृत्यु


रोम ।
इटलीको उत्तरी क्षेत्रमा रहेको पिडमोन्टस्थित माजीओरी तालनजिकै एउटा केबल कार खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको उद्धार कार्यमा संलग्न अधिकारीहरूले आइतबार जनाएका छन् ।

यस पहिले मृतक संख्या नौ भएको बताइएको थियो । ‘केबलकारमा यात्रा गरिरहेका १० जनामध्ये आठको मृत्यु भएको छ भने घटनामा गम्भीर घाइते दुई बालबालिकालाई उपचारका लागि टुरिनस्थित अस्पताल पठाइएको छ’, उद्धार कार्यमा संलग्न अधिकारीहरूले बताए ।

स्थानीय आपत्कालीन सेवासम्बन्धी निकायहरूका अनुसार स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेको केबलकार दुर्घटनामा परेको हो । अल्पाइन रेस्क्यू र आपत्कालीन हेलिकप्टर सेवा उद्धार कार्यमा खटिएका छन् । मृतकहरूको सनाखत हुन बाँकी रहेको छ ।

इटलीका सञ्चारमाध्यमहरूका अनुसार दुई बालबालिकालाई घटनास्थलबाट अस्पताल पु-याइएको छ । आपत्कालीन सेवासम्बन्धी निकायहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिरमा जंगलमा दुर्घटनाग्रस्त केबलकार देख्न सकिन्छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया