Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा नौ लाख पुगे कोरोना संक्रमित

पाकिस्तानमा नौ लाख पुगे कोरोना संक्रमित


इस्लामावाद ।
पाकिस्तानमा कोभिड–१९ संक्रमणमा पछिल्लो समय देखिएको वृद्धिसँगै संक्रमित संख्या नौ लाखभन्दा बढी पुगेको छ ।

‘नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर’ (एनसीओसी) को तथ्यांक उद्धृत गर्दै पाकिस्तानी जियो न्यूजले जनाएअनुसार पाकिस्तानमा कोरोनाभाइरस संक्रमित थप ७४ जनाको मृत्यु भएको छ भने कुल मृतक संख्या २० हजार दुई सय ५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ८४ जना संक्रमित भएका छन् । प्रकोप सुरू भएदेखि सिन्ध प्रान्तमा तीन लाख छ हजार सात सय सात, पञ्जाबमा तीन लाख ३३ हजार ५७, खैबर पख्तून्ख्वामा एक लाख २९ हजार १३, बलूचिस्तानमा २४ हजार चार सय १३ र पाकिस्तान प्रशासित काश्मिरमा १८ हजार छ सय ५१ व्यक्ति संक्रमित रहेका छन् ।

संघीय शिक्षा मन्त्रालयले शुक्रबार दिएको जानकारीमा पाकिस्तानका ५२ जिल्लामा कोभिड–१९ पुष्टि हुनेको संख्या पाँच प्रतिशतभन्दा बढी रहेको जियो न्युजले जनाएको छ । यसैबीच, सिन्धका १२ जिल्लामा कोभिड–१९ संक्रमण दर उच्च रहेको भन्दै शैक्षिक संस्थानहरू जून ६ सम्म बन्द रहने बताइएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया