Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशमा लकडाउन अवधि बढ्यो, यातायात सञ्चालनलाई खुकुलो पारिने

बंगलादेशमा लकडाउन अवधि बढ्यो, यातायात सञ्चालनलाई खुकुलो पारिने


ढाका ।
बंगलादेशले कोभिड–१९ नियन्त्रणका लागि लगाउँर्दै आएको बन्दाबन्दीलाई मे ३० सम्म विस्तार गर्ने निर्णय गरेको छ । सरकारले बन्दाबन्दीको अवधि बढाएपनि यातायात सञ्चालनमा रहेको प्रतिबन्धलाई सहज बनाएको छ । बंगलादेशले महामारी फैलिन नदिन गत महिनादेखि बन्दाबन्दीको घोषणा गरेको थियो ।

बंगलादेशको मन्त्री परिषद्ले आइतबार एक सूचनामार्फत यो निर्णय सार्वजनिक गरेको हो । पछिल्लो पत्रअनुसार सरकारले आइतबार मध्यरातदेखि स्वास्थ्य नियमहरू पालना गर्ने सर्तमा सार्वजनिक यातायात सेवाहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।

कोभिड– १९ विरूद्धको अभियानमा बंगलादेशले अप्रिल १४ देखि २१ सम्म आठ दिन कडा लकडाउनको घोषणा गरेको थियो भने पछि यसलाई चरणबद्ध रूपमा मे २३ सम्मका लागि विस्तार गरेको थियो । यस मुलुकमा आगामी दिनमा होटल र रेष्टुरेन्टहरू पनि प्रतिबन्धको दायरा बाहिर राखिएको छ ।

हालका दिनहरूमा कोभिड–१९ संक्रमण र मृत्यु दरमा न्यूनता आउन थालेपछि प्रतिबन्धहरूलाई सहज बनाइएको हो । शनिबार, यहाँको स्वास्थ्य सेवा महानिर्देशालयले गत २४ घण्टाभित्र कोभिड–१९ संक्रमितको संख्या एक हजार २८ रहेको छ भने ३८ संक्रमितको मृत्यु भएको छ ।

यससँगै बंगलादेशमा कोभिड–१९ बाट अहिलेसम्म संक्रमितको संख्या सात लाख ८७ हजार सात सय २६ पुगेको छ भने १२ हजार तीन सय ४८ संक्रमितको मृत्यु भएको छ । आधिकारिक तथ्यांकका अनुसार बंगलादेशमा कोभिड–१९ संक्रमितको मृत्यु दर १.५७ प्रतिशत छ र निको भएकाको संख्या ९२.६५ प्रतिशत छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया