Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतको गाजियाबादमा कालो, सेतो र पहेंलो ढुसी संक्रमित पहिलो बिरामीे फेला

भारतको गाजियाबादमा कालो, सेतो र पहेंलो ढुसी संक्रमित पहिलो बिरामीे फेला


गाजियावाद ।
कोभिड–१९ को उपचारपछि निको भई घर फर्किएका वा घरमै बसी निको भएका कोभिड संक्रमितमा कालो र सेतो ढुसी (फंग्स)को समस्या भारतको धेरै राज्यमा देखिन थालेको छ । एएनआईका अनुसार तर यस्ता व्यक्तिमा देखिएका जटिलताहरूमा उत्तर प्रदेशको गाजियाबाद जिल्लामा पहिलो पटक पहेंलो ढुसीको संक्रमण भेटिएको सोमबार, यहाँका नाक कान घाँटी (इएनटी) विशेषज्ञ बीपी त्यागीले पुष्टि गरेका छन् ।

त्यागीले भने, ‘बिरामीलाई पहेँलो ढुसीका साथै कालो र सेतो ढुसी पनि संक्रमण छ र हाल उक्त बिरामीलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बिरामी ४५ वर्षीय संजय नगरका बासिन्दा भएको पनि स्वास्थ्य अधिकारीले जानकारी गराएका छन् ।

त्यागीका अनुसार ‘म्यूकोर सेप्टिकस’ (पहेंलो ढुसी) को लक्षणहरू निद्रा बढी, भोक कम लाग्ने र तौलमा अस्वाभाविक कमी आउनु रहेको पाइएको छ ।
‘यो ढुसीको संक्रमण बढ्दै जाँदा घाउबाट पीप बग्नु, घाउहरू निको हुन ढिलो हुनु, कुपोषण तथा इन्द्रियहरूले काम गर्न नसक्न हुने बताइएको छ ।

‘नेक्रोसिस’को कारण सुनिएको आँखा वा जीवित तन्तुमा कोषहरूको काम नगर्ने (कोषहरूको मृत्यु) हुने देखिएको छ’, नाक, कान, घाँटी विशेषज्ञ त्यागीले भने, ‘पहेंलो ढुसी एक घातक रोग हो किनभने यो आन्तरिक रूपमा सुरु हुन्छ त्यसैले यसका लक्षणहरू याद गर्नु महत्वपूर्ण छ । किनभने समयमा लक्षणहरूको ख्याल नगर्दा आउने समस्याले यस रोगको निधानमा धेरै कठिनाइ देखिएको छ । धेरै जसो उपचारमा ढिलाइ हुन्छ र यस रोगको लागि एक मात्र उपचार एम्फोटेरासिन–बी इन्जेक्सन हो ।’

घरको चारैतिरको पर्खाल सफा गर्नु, यसलाई यथासक्दो सफा राख्नु र ब्याक्टेरिया र फंग्सको वृद्धिलाई रोक्न मद्दत गर्नको लागि सकेसम्म चाँडो पुरानो खाना वा फोहोर आदिलाई समयमै व्यवस्थापन गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ । घरको आद्रता पनि ढुसी संक्रमणबाट बच्न महत्वपूर्ण छ । त्यसैले यसलाई जहिले पनि मापन गर्नुपर्दछ । धेरै आद्रताले ब्याक्टेरिया तथा ढुसीलाई वृद्धि गर्न सक्छ । कोभिड बिरामीहरूको लागि यो उपचार चाँडै अपनाउनु अझ बढी महत्वपूर्ण छ ।

कालो, सेतो तथा पहेँलो ढुसी संक्रमित बिरामीको रेखदेखकर्ताका अनुसार बिरामीको दुई महिनादेखि कोभिड–१९ को उपचार चलिरहेको थियो र उनको स्वास्थ्यमा सुधार भइरहेको देखिन्थ्यो तर पछिल्लो चार दिनमा बिरामीको अनुहारको एकपट्टि फुल्न थाल्यो जसले गर्दा विरामीको आँखा बन्द (खोल्न नसक्ने) भएको, नाकबाट रगत बग्नुका साथै पिशाबमा रक्तस्राव पनि सुरु भएको थियो । त्सपछि बिरामीलाई अस्पतालमा भर्ना गर्दा मेडिकल परीक्षणबाट पहेंलो ढुसी संक्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया