Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कोरोनाबाट मर्नेको संख्या तीन लाख नाघ्यो

भारतमा कोरोनाबाट मर्नेको संख्या तीन लाख नाघ्यो


नयाँ दिल्ली
भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको हुने व्यक्तिको संख्या तीन लाख नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । भारतमा कोरोनाभाइरस महामारीको विगत २४ घण्टामा थप चार हजार चार सय ५४ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

भारतमा बढी घातक मानिएको कोभिड–१९ को दोस्रो लहर सुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ । कोभिड–१९ को दोस्रो लहर निकै घातक रहेको र बिरामीलाई तत्कालै अक्सिजन दिनुपर्ने देखिएको छ । विज्ञहरुको भनाइमा भारत सरकारले सार्वजनिक गरेको विवरणभन्दा बढी संख्यामा कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।

यद्यपि यसको प्रष्ट विवरण प्राप्त भइसकेको छैन । भारतमा पछिल्ला केही दिनदेखि कोभिड–१९ बाट संक्रमितको संख्या भने घटेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा दुई लाख २२ हजार तीन सय १५ जना नयाँ संक्रमित देखिएका छन् भने कोरोना सुरु भएयता हालसम्म दुई करोड ३७ लाख २८ हजार ११ जना संक्रमणमुक्त पनि भएका छन् । भारतमा अझै पनि २७ लाख २० हजार सात सय १६ जनामा सक्रिय संक्रमण छ ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको थियो । सो समयबाट हालसम्म करिब १९ करोड १८ लाख ५९ हजार एक सय ६४ डोज खोप लगाइएको छ । रासस/सिन्ह्वा 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया