Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअस्ट्रेलियाका विश्वविद्यालयहरुद्वारा विदेशी विद्यार्थीलाई आउन दिन आग्रह

अस्ट्रेलियाका विश्वविद्यालयहरुद्वारा विदेशी विद्यार्थीलाई आउन दिन आग्रह


क्यानवेरा ।
अस्ट्रेलियाका विश्वविद्यालयहरुले विदेशी विद्यार्थीहरुलाई अष्ट्रेलिया फर्किन दिनका लागि यहाँको सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरसको महामारीका कारण यहाँका विश्वविद्यालयहरुमा भर्ना हुने विद्यार्थीको संख्या घट्दै गएको छ । महामारीका कारण विदेशी विद्यार्थीहरु पनि अस्ट्रेलिया फर्किन पाएका छैनन् ।

अस्ट्रेलियाले कोरोना भाइरसको पहिलो लहर सुरु भएदेखि नै अहिलेसम्म विदेशी विद्यार्थीहरुलाई फर्किन दिएको छैन । महामारी सुरु भएपछि कतिपय देशका विद्यार्थीहरुलाई आफ्नो घर जान दिएको सो देशले लामो समयदेखि हवाइ उड्डयन खुलेको छैन । जसका कारण विदेशी विद्यार्थीहरु अस्ट्रेलिया फर्किन पाएका छैनन् । अस्ट्रेलियाका विश्वविद्यालयहरुको पछिल्लो तथ्यांकअनुसार यहाँ पहिलेका वर्षहरुको तुलनामा विश्वविद्यालय भर्नामा ३३ प्रतिशत कमी आएको छ ।

यसका कारण यहाँका विश्वविद्यालयहरुको बजेटमा पनि धेरै कमी आएको देखिएको छ । त्यसैले यहाँका विश्वविद्यालयहरुले आफ्ना देशका गएका विदेशी विद्यार्थीहरुलाई स्वदेश फर्किन दिन र नयाँ विद्यार्थीलाई पनि अष्ट्रेलिया आउन दिने व्यवस्थाका लागि आग्रह गरेका हुन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया