Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारक्रिप्टो माइनरलेरोके चिनियाँ व्यवसाय

क्रिप्टो माइनरलेरोके चिनियाँ व्यवसाय


अमेरिका ।
क्रिप्टोकरेन्सी माइनरहरुले चीनले भर्चुअल मुद्राको कारोबारमा प्रतिबन्ध लगाएपछि चीनको व्यवसाय रोकेका छन् । ह्यासकाउ र बीटीसी डट टीओपीलगायतले चीनको व्यवसाय रोकेको बताएका छन् । बेइजिङले केही दिनअघि मात्र बिटक्वाइन माइनिङ र ट्रेडिङमा प्रतिबन्ध लगाउँदै डिजिटल मुद्रालाई धक्का दिएको थियो ।

पछिल्लो समय भर्चुअल मुद्रामाथि विश्वभर नियामकीय निकायबाट अनुसन्धान हुने क्रम बढिरहेको छ । उपप्रधानमन्त्री लिउ हेले नेतृत्व गरेको स्टेट काउन्सिल कमिटीले गत शुक्रबार वित्तीय जोखिम निम्त्याउने भन्दै बिटक्वाइनमाथि प्रतिबन्ध लगाएको हो । भर्चुअल मुद्राको माइनिङलाई लक्षित गरी चालिएको यो पहिलोपटक हो । विश्व क्रिप्टो आपूर्तिको ७० प्रतिशत हाराहारी कारोबार चीनले ओगटेको छ ।

क्रिप्टोकरेन्सी एक्सचेन्ज हुओबीले सोमबार सोमबार चिनियाँ ग्राहकको लागि क्रिप्टो माइनिङ र ट्रेडिङ सेवा बन्द गरेको जनाउँदै अन्यत्र व्यवसायमा ध्यान दिने बताएको छ ।

त्यस्तै क्रिप्टो माइनिङ पुल बीटीसी डट टीओपीले पनि नियामकीय जोखिम बढेको भन्दै चिनियाँ व्यवसाय निलम्बन गरेको जनाएको छ । यता ह्यासकाउले नयाँ बिटक्वाइन रिग्स नकिन्ने जनाएको छ । क्रिप्टो माइनरहरुले भर्चुअल क्वाइन कारोबार प्रमाणीकरण गर्न अर्थात् बिटक्वाइनजस्ता नयाँँ क्रिप्टो मुद्रा उत्पादन गर्ने प्रक्रियाका लागि बढी शक्तिशाली कम्प्युटर सामग्री (रिग्स) प्रयोग गर्छन् ।

चीनले बिटक्वाइन कारोबारमा कडाइ गरेपछि यसको मूल्य ह्वात्तै घटेको थियो । त्यसअघि कार कम्पनी टेस्लाले बिटक्वाइनमा कार बिक्री नगर्ने जनाएको कारण मूल्य खस्किएको थियो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया