Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशी महिला उद्यमीलाई कर छुट दिने तयारी

बंगलादेशी महिला उद्यमीलाई कर छुट दिने तयारी


ढाका ।
बंगलादेशी सरकारले महिला उद्यमीहरुलाई करमा छुट दिने तयारी गरेको छ । त्यहाँको अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा महिला उद्यमीलाई आयकरमा छुट दिने तयारी गरेको बताएको हो ।

द डेलिस्टार अनलाइनका अनुसार न्यूनतम करको लागि वार्षिक कारोबारको सीमा ५० लाख टाकादेखि ७० लाख टाकासम्म हुनसक्नेछ । तर त्यस्ता कम्पनी महिला उद्यमीले सञ्चालन गरेको हुनुपर्नेछ ।

‘हामीसँग महिला उद्यमीले सञ्चालन गरेका कम्पनीका कारोबारमा छुट्टै कर दर छैन तर उनीहरुलाई उत्साहित बनाउन विशेष सुविधा दिनु महत्वपूर्ण हुन्छ जस्तो हामीलाई लाग्छ’, एक अधिकारीले भने । वर्तमान अवस्थामा महिलाका लागि छुट्टै कररहित आयकरको सीमा छ ।

‘त्यही कारण हामी न्यूनतम करको लागि कारोबारको छुट्टै सीमा निर्धारण गर्दै छौँ’, ती अधिकारीले भने । अहिले रहेको कररहित आयको सीमा महिला करदाताको लागि वार्षिक तीन लाख ५० हजार टाका छ । अर्को वर्ष पनि यो सीमा परिवर्तन नहुने भएको छ । महिलाहरु उद्यम व्यवसायमा रुचि देखाउनथालेपछि नयाँ व्यवस्था ल्याउन लागिएको बताइएको छ ।

त्यस्तै नेशनल बोर्ड अफ रेभेन्युले पनि तेस्रो लिंगी मानिसलाई व्यवसायमा आकर्षित गराउने योजना बनाएको छ । मूलधारको अर्थतन्त्रमा समाहित गराएर उनीहरुमाथि हुने विभेद घटाउन यसो गर्न लागिएको हो ।

योजनाअनुसार सरकारले व्यावसायिक करमा पाँच प्रतिशतसम्म छुट दिइनेछ । तर कम्पनीले सय जना तेस्रो लिंगी मानिसलाई रोजगारी दिएको हुनुपर्नेछ । सन् २०१४ को जनवरीमा सरकारले आधिकारिक रुपमा तेस्रो लिंगी समुदायको पहिचान गरेको थियो । तर यी मानिसहरुलाई रोजगारीको क्षेत्रमा खुल्ला हृदयले स्वागत नगर्ने प्रचलन अझै रहेको छ ।

यो योजनाले कम्पनीहरुलाई तेस्रो लिंगीलाई रोजगारी दिन प्रेरित गर्ने आशा गरिएको छ । यस्ता मानिसले बंगलादेशमा सरकारको सामाजिक सुरक्षा स्किमअन्तर्गत पैसा पाउने गरेका छन् । चालू आर्थिक वर्षमा विभिन्न प्रयोजनका लागि यी मानिसहरुको लागि ४६ करोड टाका विनियोजन गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया