Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएसियाली पूर्वाधार बैंकबाट बंगलादेशले पायो २६ करोड ऋण

एसियाली पूर्वाधार बैंकबाट बंगलादेशले पायो २६ करोड ऋण


ढाका ।
एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले बंगलादेशमा आर्क स्टिल पुल निर्माणका लागि २६ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बंगलादेशमा यस किसिमको यो पहिलो पुल हो ।

सिन्ह्वाका अनुसार बेइजिङस्थित एआईआईबीको कार्यालयले जारी गरेको विज्ञप्तिमा केवटथली पुलको निर्माणले बंगलादेशको उत्तरी सहर मिमेनसिंहको बढ्दो ट्राफिक समस्या सुल्झाउन ठूलो मद्दत गर्ने उल्लेख छ । यसबाहेक, यो पुल ढाका–मिमेनसिंह–भारत सीमा कोरिडरको एक हिस्सा पनि हुनेछ र यो पुल स्थानीय एवं क्षेत्रीय सम्पर्क सञ्जालका लागि रणनीतिक महत्वको रहेको छ ।

पुलको निर्माण सम्पन्न भएपश्चात् उत्तरी क्षेत्रका करिब एक करोड १० लाख मानिसलाई स्थानीय र क्षेत्रीय यात्राका लागि ठूलो मद्दत पुग्ने एआईआईले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया