Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपेलोटनले अमेरिकामा पहिलो कारखाना निर्माण गर्ने

पेलोटनले अमेरिकामा पहिलो कारखाना निर्माण गर्ने


लन्डन ।
फिटनेस सामग्रीसम्बन्धी कम्पनी पेलोटनले अमेरिकामा पहिलो कारखाना निर्माण गर्ने भएको छ । महामारीका बेला घरायसी शारीरिक व्यायामसम्बन्धी सामग्रीको माग उच्च भएपछि कम्पनीले अमेरिकामा कारखाना बनाउने घोषणा गरेको हो । अमेरिकी राज्य ओहायोमा कम्पनीले यही वर्षको अन्त्यतिर कारखाना निर्माण सुरु गर्नेछ । उक्त कारखाना सञ्चालनमा आएसँगै दुई हजार रोजगारी सिर्जना हुने बताइएको छ ।

कम्पनीका मालिक जोन फोलेले अमेरिकी भूमिमा हाम्रो उत्पादन युनिट ल्याउन पाउँदा आफूहरुलाई खुसी लागेको बताएका छन् । उक्त कारखानाबाट सन् २०२३ देखि उत्पादन सुरु हुने आशा गरिएको छ । पेलोटनले अहिले ट्रेडमिल्स र कोठाभित्र गरिने व्यायाम साइकल ताइवानमा उत्पादन गर्दै आएको छ ।

तर लकडाउनका कारण मानिसहरु घरमै बस्नुपरेपछि जिम जानेहरुले यस्ता सामग्रीको तीव्र माग गरेका छन् । जसले कम्पनीलाई माग धान्न मुस्किल परेको बताइएको छ ।
सोही कारण विश्व शिपिङ ट्राफिक बढेपछि कम्पनपीले १० करोड डलरभन्दा बढी रकम हवाइ क्षेत्रबाट डेलिभरी गर्नुपरेको थियो । कम्पनीले प्रेकोर नामको कम्पनी समेत प्राप्ति गरेको थियो । यो कम्पनी व्यायाम सामग्री उत्पादन गर्ने ठूलो कम्पनपी हो । यसको उत्तरी क्यारोलिना र वासिङटनमा कारखाना रहेको छ । कम्पनीले जिमखानामा सामग्री निर्यात गर्छ ।

फोलेले सोमबार जारी गरेको विज्ञप्तिमा कम्पनीको एसियाली उत्पादन युनिटमा लगानीलाई निरन्तरता दिने र अमेरिकामा प्रेकोरका साइटमा पनि लगानी जारी राख्ने बताइएको छ । मार्च ३१ सम्मको तीन महिनामा पेलोटनको कुल बिक्री एक सय ४१ प्रतिशतले बढेर एक अर्ब २६ करोड डलर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५२ करोड ४६ लाख डलरको बिक्री गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया