ट्विटरको भारतीय कार्यालयमा प्रहरी पुग्यो
नयाँ दिल्ली ।
भारतीय प्रहरीले भारतमा रहेको ट्विटरको कार्यालयमा छापा मारेको छ । बीबीसीका अनुसार चर्चित सामाजिक सञ्जाल कम्पनी ट्विटरले भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ता सम्वित पत्रको एउटा ट्विटलाई ‘म्यानिपुलेटेट मिडिया’को चिनारी दिएपछि प्रहरी कार्यालयमा पुगेको हो ।
पछिल्लो समय भारतीय सरकार र ट्विटरबीच वैमनश्यपूर्ण सम्बन्ध रहँदै आएको छ । गत अप्रिलमा भारत सरकारले ट्विटरलाई कोरोना महामारीविरुद्ध गरेका कामको आलोचना गर्ने ट्विटहरु हटाउन आदेश दिएको थियो । यो वर्षको सुरुतिर ट्विटरले पनि सरकारी अधिकारीको आग्रहमा ब्लक गरिएका धेरै एकाउन्ट फेरि खोलिदिएको थियो । ती एकाउन्टहरु किसान आन्दोलनसँग सम्बन्धित थिए । सरकारी निर्देशन नमाने ट्विटरका भारतीय कर्मचारीलाई जेल हाल्ने चेतावनी नै दिइएको थियो ।
पछिल्लो घटना भने बीजेपी नेताले धेरैजसो डकुमेन्टका स्क्रिनशटहरु पोस्ट गर्दै ती सबै मुख्य प्रतिपक्षी दल कंग्रेसले बनाएको बताएका थिए । खासगरी सरकारले महामारीविरुद्ध कामै गर्न नसकेको देखाउन ती डकुमेन्ट बनाइएको उनको आरोप थियो ।
तर कंग्रेसले भने ती सबै डकुमेन्ट झूठो भएको बताएपछि ट्विटरले त्यसलाई बढाइचढाइ गरिएको चिनारी दिएको थियो । रोयटर्सका अनुसार दिल्ली प्रहरीले सोमबार उजुरी आएको बताएको थियो । त्यसपछि ट्विटरको कार्यालयमा प्रहरी अनुसन्धानको सिलसिलामा पुगेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
- विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान
- नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
- दुर्घटना अपडेटः गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो
- एन्फाका उपाध्यक्ष दावा लामा लागू औषध कारोवार गरेको आरोपमा पक्राउ
- आठ ओभरमा सीमित खेलमा नेपालविरुद्ध ब्याटिङ गर्दै साउदी अरेबिया
- गाजाको शरणार्थी शिविरमा आक्रमण : सात बालबालिकासहित १३ को मृत्यु
- अर्थमन्त्री पुन र विश्व बैंकका दुई उपाध्यक्षबीच भेटवार्ता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया