Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा आजदेखि खोपका लागि नाम दर्ता सुरु

पाकिस्तानमा आजदेखि खोपका लागि नाम दर्ता सुरु


इस्लामावाद ।
पाकिस्तानमा आज बिहीबारदेखि कोरोनाभाइरस विरुद्धको खोप लगाउन नाम दर्ता सुरु गरिने भएको छ । कोरोनाभाइरसको तेस्रो चरणको महामारीमा मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले खोप लगाउने अभियान सुरु गर्न लागिएको सरकारी उच्च अधिकारीले बताएका छन् ।

पाकिस्तानका केन्द्रीय योजना, विकास मन्त्री असद उमारले बिहीबारदेखि कोरोनाविरुद्धको खोप लगाउनका लागि नामावली दर्ता गराउन थालिने बुधबार जानकारी दिए । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले नेशनल कमाण्ड तथा अपरेसन सेन्टर (एनसीओसी)ले नामावली दर्ता गराउने जानकारी दिएका हुन् ।

‘एनसीओसीको आजको बैठकले बिहीबारदेखि नाम दर्ता सुरु गर्ने निर्णय गरेको छ’, उनले ट्विटरमा लेखेका छन् । खोप १९ वर्ष वा सोभन्दा माथिका सबैलाई लगाउने योजनाअनुसार सोही उमेर समूहका व्यक्तिको मात्रै नाम दर्ता गराइने उनले बताएका छन् । खोप अभियानले कोरोनाभाइरसबाट हुने क्षति न्यूनीकरण गर्न धेरै सहयोग गर्ने सरकारी अधिकारीले विश्वास व्यक्त गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया