Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअब इन्स्टाग्रामले लाइक लुकाउन दिने

अब इन्स्टाग्रामले लाइक लुकाउन दिने


अमेरिका ।
सामाजिक सञ्जाल इन्स्टाग्रामले अब प्रयोगकर्तालाई लाइक लुकाउन मिल्ने विकल्पसहितको फिचर दिने भएको छ । कम्पनीले मानिसहरुलाई दबाब नहोस् भनेर यस्तो विकल्प दिनलागेको हो ।

यो फिचर ‘इनेबल’ गरेका प्रयोगकर्ताले लाइक गर्ने फलोअरको युजरनेम देख्न पाउनेछन् । त्यसमा लाइक गर्ने संख्या देखिनेछैन । यो टुल सन् २०१९ मै धेरै देशमा परीक्षण गरिएको थियो । तर अब भने यो विश्वभर लागू हुने कम्पनीले जनाएको छ ।

इन्स्टाग्रामका मालिक आदम मोसेरीले यो फिचर आउन समय लागे पनि आफू निकै उत्साहित भएको बताएका छन् । यो फिचरको परीक्षण र अनुसन्धानको क्रममा इन्स्टाग्रामले लाइक हटाउँदा व्यवहारमा सानो प्रभाव पर्ने बताएको थियो । किन कि कतिपय प्रयोगकर्ताले थोरै लाइक पाउँदा मानसिक चिन्ता गरेको भन्दै केही असन्तुष्टि आएको थियो ।

भर्खरै भएको अक्सफोर्डको इन्टरनेट इन्स्टिच्युट स्टडीले सामाजिक सञ्जाल र किशोरावस्थाका युवायुवतीको मानसिक स्वास्थ्यबीच थोरै सम्बन्ध देखिएको पाएको थियो । यसका बाबजुद इन्स्टाग्रामले मानिसहरुलाई असल अनुभव होस् भनेर यो फिचर ल्याएको मोसेरीले बताएका छन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया