Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय कार्यालयमा प्रहरी पुगेपछि ट्विटरले भन्यो– भारतमा अभिव्यक्ति स्वतन्त्रताको चिन्ता बढ्यो

भारतीय कार्यालयमा प्रहरी पुगेपछि ट्विटरले भन्यो– भारतमा अभिव्यक्ति स्वतन्त्रताको चिन्ता बढ्यो


काठमाडौँ । चर्चित सामाजिक सञ्जाल ट्विटरले भारतमा अभिव्यक्ति स्वतन्त्रतामाथिको चिन्ता बढेको बताएको छ । केही दिनअघि कम्पनीको भारतीय कार्यालयमा भारतीय प्रहरी अनुसन्धानका लागि भन्दै पुगेको थियो ।भारतीय सत्तारुढ दलका एक नेताको ट्विटलाई ‘म्यानिपुलेटेट मिडिया’को लेबल लगाएपछि भारतीय प्रहरी ट्विटरको कार्यालयमै पुगेको थियो । ट्विटरले भाजपाका प्रवक्ता सांवित पात्रको ट्विटमा त्यस्तो लेबल लगाइदिएको थियो । पछिल्लो समय ट्विटर र भारत सरकारबीच सम्बन्धमा दरार आएको छ । भारत सरकारले डिजिटल कम्पनीमाथि नयाँ नियम ल्याएको छ । त्यसयता ट्विटर र भारतीय सरकारबीच सम्बन्धमा खटपट आइरहेको छ ।

भाजपाका ती नेताले डकुमेन्टहरुको स्क्रिनशट आफ्नो ट्विटर ह्यान्डलमार्फत ट्विट गरेका थिए । ती डकुमेन्ट विपक्षी दल कांग्रेसले तयार गरी कोरोना महामारीमा सरकारले केही गर्न सकेन भनेर नियोजित रुपमा प्रचार गरिएको भन्दै उनले ट्विट गरेका थिए । उक्त ट्विटलाई धेरै बीजेपी नेताले सेयर गरेका थिए । त्यसपछि विपक्षी दल कंग्रेसले ट्विटरमा रिपोर्ट गरेको थियो । त्यसपछि उक्त ट्विटलाई बढाइचढाइ सामग्रीको संकेत दिइएको थियो ।

ट्विटरले बढाइचढाइ गरिएको सामग्रीलाई ‘म्यानिपुलेटेट मिडिया’को संकेत दिन्छ । त्यसमा भिडियो, अडियो र तस्बिरहरु पर्दछन् । ट्विटरका एक प्रवक्ताले बीबीसीसँग भनेका छन्, ‘अहिले हामी भर्खरै भारतमा हाम्रा कर्मचारीलाई लिएर भएकाको घटनाप्रति ध्यानाकृष्ट भएका छौँ । यसले मानिसहरुको अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता थपेको छ ।’
प्रहरीले आफ्नो कार्यालयमा अनुन्धानका लागि भन्दै पुगेको घटनामा समेत ट्विटरले चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ । गत सोमबार दिल्ली प्रहरी ट्विटरको कार्यालयमा पुगेको थियो ।


क्याटेगोरी : विश्व बजार


तपाईको प्रतिक्रिया