Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफाइजरको खोप चाँडै बालबालिकालाई पनि लगाउन पाइने विश्वास

फाइजरको खोप चाँडै बालबालिकालाई पनि लगाउन पाइने विश्वास


नयाँ दिल्ली । फाइजरको कोरोनाभाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ ।
भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बालबालिकासमेतलाई फाइजरको खोप लगाउन पाइने विश्वास व्यक्त गरेका हुन् ।

खोप निर्माण गरेको अमेरिकी औषधि कम्पनीले भारतलाई खोप उपलब्ध गराउने बताए लगत्तै मुख्यमन्त्री केजरीवालको यो अभिव्यक्ति आएको हो । अमेरिकी अधिकारीले सो खोप १२ बर्ष वा सोभन्दा माथिका सवैले लगाउन सक्ने र २–८ डिग्री सेल्सीयसको तापक्रममा एक महिनासम्म भण्डारण गर्न सक्ने पनि जानकारी दिएका छन् ।

‘यो खोप बालबालिकालाई अति उत्तम हुने हामीले विश्वास लिएका छौँ’, मुख्यमन्त्री केजरीवालले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् । कोरोनाभाइरसको तेस्रो चरणको महामारी सुरु हुनुअगाडि नै बालबालिकाहरुलाई खोप लगाइ सक्नेगरी व्यवस्था गर्नेतर्फ सक्रियता देखाउन उनले केन्द्र सरकारलाई पनि आग्रह गरेका छन् ।

आगामी महिनादेखि नै बालबालिकामा कोरोनाभाइरसको बढी असर देखिन सक्ने उनले बताएका छन् । महामारीका कारण कक्षा १२ को बोर्ड परीक्षासमेत धेरै ढिला भइसकेको उल्लेख गर्दै उनले ती विद्यार्थी र शिक्षकहरुलाई पनि प्राथमिकताका साथ खोपको व्यवस्था गर्न केन्द्रीय सरकारलाई सुझाव दिएका छन् ।फाइजरले आगामी जुलाईदेखि डिसेम्बरसम्ममा पाँच करोड मात्रा खोप भारतलाई उपलब्ध गराउने जनाएको छ । रासस÷पीटीआई


क्याटेगोरी : विश्व बजार


तपाईको प्रतिक्रिया