Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकालाई चीनले पाँच लाख खोप सहयोग गर्ने

श्रीलंकालाई चीनले पाँच लाख खोप सहयोग गर्ने


श्रीलंका । चीनले श्रीलंकालाई कोरोना भाइरसविरूद्धको पाँच लाख मात्रा खोप प्रदान गरेको छ । पछिल्लो समयमा भारतमा कोभिड–१९ को अभाव सामना गर्नु परेपछि श्रीलंकालाई कोरोना खोप उपलब्ध गराउन सकिरहेको थिएन ।

बुधबार दोस्रो चरणको चिनियाँ खोप कोलम्बोमा पुगेको हो । यसअघि गत मार्चमा पाँच लाख मात्रा खोप श्रीलंका पुगेको थियो । अक्सफोर्ड अस्ट्राजेनेकाद्वारा विकास गरेको र भारतमा उत्पादन गरिएको कोभिशिल्ड खोप उपलब्ध गराउने भनिए पनि भारतीय अदालतले खोप तत्काल बाहिर नपठाउन गरेको आदेशसँगै अहिले भारतले अन्य देशलाई पठाउने भनेको खोप आपूर्तिलाई रोकेको छ ।

श्रीलंका सरकारले चिनियाँ साइनोफार्मबाट एक करोड ४० लाख मात्रा खोप लिने निर्णय गरेको छ । श्रीलंकामा अहिलेसम्म कोभिड संकमण पुष्टि हुनेको संख्या एक लाख ७४ हजारभन्दा बढी पुगेको छ भने संक्रमितमध्ये एक हजार दुई सय ९८ जनाको मृत्यु भएको छ । श्रीलंकामा पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या एक हजार सात सय ८२ रहेको छ ।


क्याटेगोरी : विश्व बजार


तपाईको प्रतिक्रिया