Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा युरिया मलको बिक्री ३५ प्रतिशतले बढ्यो

पाकिस्तानमा युरिया मलको बिक्री ३५ प्रतिशतले बढ्यो


इस्लामवाद । पाकिस्तानको युरिया मल बिक्री ३५ प्रतिशतले बढेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानमा मल बिक्री सन् २०२१ को पहिलो चार महिनामा उक्त दरले बढेर १७ लाख टन पुगेको हो । पछिल्लो वर्ष १२ लाख ६६ हजार टन मल बिक्री भएको थियो । डीएपी मल भने उक्त अवधिमा तीन लाख६६ हजार टन मात्रै बिक्री भएको छ ।

नेशनल फर्टिलाइजर डेभलपमेन्ट कम्पनी (एनएफडीसी) का अनुसार अप्रिल महिनामा मात्रै युरिया मल बिक्री २८ प्रतिशतले बढेर तीन लाख नौ हजार टन पुगेको थियो । सोही अवधिमा सन् २०२० मा दुई लाख ४२ हजार टन बिक्री भएको थियो । यो तथ्यांकले पाकिस्तानमा फार्म अर्थतन्त्रमा सुधार भएको देखिएको छ । सन् २०२० को अप्रिलमा किसान र डिलरहरुले युरिया मल किन्न चासो दिएका थिएनन् ।

त्यस्तै अप्रिल महिनामा डीएपी मल बिक्रीमा भने झण्डै ७० प्रतिशत कमी आएको छ । सन् २०२० को सोही महिनामा एक लाख ५१ हजार टन डीएपी बिक्री भएको थियो । स्थानीय बजारमा मूल्य बढ्नु र आगामी बजेटले सहुलियत दिने आशामा डीएपीको बिक्रीमा ह्रास आएको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया