Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशको तरकारी निर्यात वृद्धि

बंगलादेशको तरकारी निर्यात वृद्धि


ढाका ।विश्वका कतिपय देशमा कोरोनाका कारण प्रतिबन्ध र कडाइ गरिरहेका बेला बंगलादेशको तरकारी निर्यात बढेको छ । यो आर्थिक वर्षको अप्रिलसम्म बंगलादेशले १८ करोड अमेरिकी डलरको तरकारी निर्यात गरेको हो ।सन् २०१९÷०२० को सोही अवधिमा यस्तो निर्यात केवल १६ करोड ४० लाख अमेरिकी डलरको थियो । ‘आगामी दिनमा तरकारी निर्यात अझै बढ्ने देखिन्छ’, कृषिमन्त्री डा. मुहम्मद अब्दुर रजाकले एक बैठकमा भने ।

रजाकले बंगलादेशको आलु उत्पादन बढिरहेको समेत जानकारी दिएका छन् । सोही कारण आलु निर्यात समेत बढेको उनको भनाइ छ । भर्खरै आएको यास चक्रवातले भने कृषि क्षेत्रमा नोक्सानी पुगेको तर त्यसको एकीन तथ्यांक आउन समय लाग्ने उनले बताए । चक्रवातले बंगलादेशमा धेरैजसो बालीमा क्षति पुगेको उनले बताएका छन् । तर धेरै ठूलो परिमाणमा यसले नोक्सानी नपु¥याएको उनको आकलन छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया