बेलायतका सबैभन्दा कान्छा पाइलट
लन्डन, माघ २
सेथ भान बिकले सधैँ ठूलो सपना देखे। त्यही सपनाले उनलाई बेलायतकै सबैभन्दा कान्छा र योग्य व्यावसायिक पाइलट बनायो । सेथ भानले पाएको यो लोभलाग्दो प्रगतिको श्रेय भने उनकी आमालाई जान्छ। छोराको सपना साकार पार्न उनले आफ्नो घर नै बेचेकी थिइन् । सेथले गत अक्टोबरमै १८ महिने तालिम सकेर यात्रुवाहक हवाइजहाज उडाउने लाइसेन्स पाएका थिए । किशोरावस्थामै उनले पाएको सफलता यो पुस्ताकै लागि उदाहरणीय बन्न पुगेको छ । उनले ग्रिसमा १८ महिनाको तालिम लिए। यसका लागि ८५ हजार पाउन्ड स्टर्लिङ खर्चिए। जुन रकम भनेको आजको विनिमयअनुसार १ करोड २५ लाख रुपैयाँ हो । तालिमका क्रममा उनले १ सय ५० घण्टा आकाशमा बिताए ।
हाल उनी रोजगारीको खोजीमा छन्। उनको इच्छा छ – ब्रिटिश एयरवेजको जहाज उडाउने । उत्तर पश्चिम लण्डनका उनले ८ वर्षदेखि नै पाइलट बन्ने सपना देखेका थिए । ‘मेरोे मम्मी सानैदेखि यात्राकी पारखी हुनुहुन्थ्यो, मलाई संसार घुमाउन विदामा लग्नुहुन्थ्यो’, सेथ भन्छन्, ‘मलाई उडान एकदमै मन पर्छ, जहिले पनि उडानमा म आफूलाई सुरक्षित महसुस गर्छु, जति म बस वा कारमा हुँदा गर्दिनँ ।’ यद्यपि आफूसँग गाडीको लाइसेन्स रहेको उनी बताउँछन् । १६ वर्षको उमेरमा सेथले स्कुल छोडेका थिए। एग्नासिया एभिएसन ट्रेनिङ कलेज ग्रिसमा उनले प्रवेश परीक्षा दिए र उत्तीर्ण भए । सन् २०१८ को अप्रिलमा १८ महिनाको कोर्स सुरु गरे। उनले सो क्रममा १४ वटा परीक्षा दिएका थिए । यसमा सैद्धान्तिक र व्यावहारिक उडानबारे थिए । ग्रिसको कावाला इन्टरनेशनल एयरपोर्टमा उनले जहाज उडाएका थिए ।
हप्तामा उनले पाँच पटक जहाज उडाउँथे। सुरुवातमा केवल ६० मिनेट उडाए पनि पछि पछि उनले पाँच घण्टासम्म जहाज उडाउन पाए । त्यसपछि सेप्टेम्बरमा उनले कोर्स पूरा गरे । आफ्ना सहपाठीमध्ये सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएका उनले एक महिनापछि युरोपेली हवाइ सुरक्षा संस्थाबाट लाइसेन्स पाएका हुन् । छोराको पाइलट बन्ने सपना पूरा गर्न सेथकी आमा ४२ वर्षीया फ्रान्सिसले मिल्टन काइनीमा रहेको तीनवटा बेडरुमयुक्त घर बेचेकी थिइन् । त्यसपछि फ्ल्याटमा बस्न थालिन् । त्यसबाट ८५ हजार पाउन्ड जुटाएर छोराको लाइसेन्स निकालिन् ।
‘म सधैँ कक्षामा प्रथम हुन चाहन्थेँ’, सेथ भन्छन्। त्यसो हुँदा आफ्नो आमालाई पनि लागोस् कि छोराको सपना निकै महत्वपूर्ण छ भन्ने देखाउन पाइन्थ्यो । सेथकी आमा जिम्बाबेबाट बेलायत आएकी हुन्। आफूले राम्रो शिक्षा नपाएको कारण छोरालाई सपना पूरा गरोस् भन्ने उनलाई लागेको थियो । सेथ ब्रिटिश एयरवेजको जहाज उडाउन चाहन्छन्। उक्त एयरवेजका कतिपय पाइलटले २ लाख पाउन्डभन्दा माथि वार्षिक आम्दानी गर्छन् । डेली मेलबाट भावानुवाद ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया