Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानले ११ महिनामा उठायो ४१ खर्ब राजस्व

पाकिस्तानले ११ महिनामा उठायो ४१ खर्ब राजस्व


इस्लामावाद  ।
पाकिस्तानले ११ महिनामा ४१ खर्ब ४३ अर्ब रुपैयाँ (पाकिस्तानी मुद्रा) संकलन गरेको छ । चालू आर्थिक वर्षमा संकिलत उक्त रकम अहिलेसम्मकै बढी भएको दाबी गरिएको छ ।

डन अनलाइनका अनुसार गत वर्ष सोही अवधिमा ३५ खर्ब ३६ अर्ब रुपैयाँ संकलन भएको थियो । यसले पाकिस्तानको अर्थतन्त्र लयमा फर्किन थालेको आकलन गरिएको छ ।

यो महिनाको अर्थात् मे ३० र ३१ दुई दिनमा १५ देखि २० अर्ब राजस्व सरकारी ढुकुटीमा आउने अनुमान छ । यसले चालू आर्थिक वर्षको जुलाई–मे अवधिमा राजस्व संकलनलाई थप मजबुत पार्ने बताइएको छ ।

फेडेरल बोर्ड अफ रेभेन्यु (एफबीआर) का अनुसार ४० खर्ब बढी राजस्व संकलन भएको यो पहिलोपटक हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया