Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटेस्लाका क्यामेराले चालकको सचेतता अनुगमन गर्ने

टेस्लाका क्यामेराले चालकको सचेतता अनुगमन गर्ने


अमेरिका ।
विद्युतीय कार निर्माता टेस्लाका कारमा रहेका क्यामेराहरुले चालकको अवस्थाको अनुगमन गर्ने भएको छ । टेस्ला कारमा अपडेट हुनलागेको नयााँ सफ्टवेयरमा यो फिचर समावेश गरिएको बीबीसीले उल्लेख गरेको छ ।

यात्राको क्रममा अटो पाइलट सक्रिय पार्दा कारको आन्तरिक क्यामेराहरुले चालकको सचेतता अनुगमन गर्नेछ । यो एउटा स्वतः चालित हुने (सेल्फ ड्राइभिङ फिचर’ सुविधा हो । तर यो फिचर प्रयोग गर्दा चालकहरुले जतिखेर पनि ध्यान दिएको हुनुपर्छ । तर मानिसलाई सहजै मूर्ख बनाएको भन्दै यो फिचरको आलोचना पनि भइरहेको छ ।

प्रयोगकर्ताले सहयोग लिने फिचर सक्रिय बनाउन सक्छन् र ड्राइभर सिट छोडेर अन्यत्र बस्न सक्छन् भने भिडियो आफैँले गाडी चलाउँछ । तर नयाँ फिचरले भने ड्राइभर कुन अवस्थामा छ भन्नेसमेतको अनुगमन गर्छ । ड्राइभरको हात यही माथि छ भन्नका लागि टेस्लाका कारहरु ह्यान्डिलको सेन्सरमा निर्भर छन् ।

केही अन्य कार उत्पादकले भने आन्तरिक सेन्सर प्रयोग गरेका छन् । यसले ड्राइभरको आँखा कहाँ छ भन्ने अनुगमन गर्छ । यसको मतलब गाडी आफैँ स्लो हुन वा स्वतः चल्ने फिचरमा सक्रिय हुनका लागि हो । ड्राइभरले मोबाइल फोनमा हेर्न थाल्यो भने यी सेन्सरले काम गर्छन् ।

टेस्ला कारको नयाँ सफ्टवेयर भने कारको रियरभ्यु (पछाडि हेर्ने) ऐनामाथि क्यामरा हुनेछ र यसले त्यही किसिमको काम गर्नेछ । यसले ड्राइभर सतर्क नभएकोा अवस्थामा अटो पाइलट इन्गेज हुँदा चेतावनी दिन्छ ।

पछिल्लो समय ज्यानै जाने गरी टेक्सासमा दुर्घटना भएपछि टेस्लाले सफ्टवेयर अपडेटको तयारी गरेको हो । उक्त दुर्घटनाको बेला चालकको सिटमा कोही पनि नभएको प्रहरीले बताएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया