Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको सिनोभ्याक खोपलाई आकस्मिक प्रयोगको अनुमति

चीनको सिनोभ्याक खोपलाई आकस्मिक प्रयोगको अनुमति


जेनेभा ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस संक्रमणविरुद्धको चिनियाँ खोप सिनोभ्याकलाई आकस्मिक प्रयोग गर्न अनुमति दिएको छ । संगठनले चाइनिज फर्मास्युटिकल कमपनी सिनोभ्याक बायोटेकले विकास गरेको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो ।

सिन्ह्वाका अनुसार योसँगै अब सिनोभ्याक १८ वर्ष र त्यसमाथिका उमेर समूहमा लगाउन सकिनेछ । यो पनि दुई मात्रामा पूरा हुने खोप हो । एक मात्रा लगाएको दुईदेखि चार हप्ताभित्र अर्को मात्रा लगाउनुपर्ने डब्ल्यूएचओले जनाएको छ ।

यो खोपले सरुवा रोगको संक्रमण ५१ प्रतिशत रोक्ने डब्ल्युएचओले जनाएको छ । त्यस्तै कोरोना संक्रमितलाई जटिल हुन नदिन भने यसले शतप्रतिशत का मगर्ने डब्ल्यूएचओको स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्ट्स अन इम्युनाइजेसन (सेज)ले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया